logo

नेपाल राष्ट्र बैंकद्धारा इन्भेष्टमेन्ट बैंक पराजित

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २८ गते ०६: ०१ मा प्रकाशित     1069   पटक पढिएको

 वीरगन्जको आदर्शनगर रंगशालामा आयोजना गरिएको अन्तर बैंक सेभन साईड फुटबल टुर्नामेन्टमा नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई शुन्यको विरुद्ध १ गोलले पराजित गरेको छ ।

 

नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगन्जले आयोजना गरेको टुर्नामेन्टको पहिलो खेलमा राष्ट्र बैंकका प्रधुन केसीले गोल प्रहार गरेका थिए । इन्भेष्टमेन्टका खेलाडीले १ गोल समेत फर्काउन सकेनन् । टुर्नामेन्टमा राष्ट्र बैंक सहित वीरगन्जका २३ वटा बैंक तथा वित्तीय संस्थाहरुको सहभागीता रहेको छ । टुर्नामेन्ट पुस ३ सम्म खेलिने छ । 


    नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्य तथा राष्ट्र बैंक कर्मचारी संघ वीरगन्जका अध्यक्ष्ँ कृष्ण श्रेष्ठको सभापतित्वमा टुर्नामेन्ट मंगलबार विहान उद्धघाटन भएको थियो । राष्ट्र बैंक र इन्भेष्टमेन्ट बैंकबीच भएको उद्धघाटन खेलमा राष्ट्र बैंक एक गोलले बिजयी भएको हो । डेपुटी गर्भनर मिश्रले पूर्ण खेल अवधिसम्म इन्भेष्टमेन्ट विरुद्धको खेलमा खेलेका थिए ।

 

‘आर्थिक समृद्धिका लागि जनतामा वित्तीय पह“चको विस्तार, खेल मार्फत वित्तीय सचेतना, बैकिङ्ग क्ष्ँेत्रका कर्मचारीहरुको शारीरिक, मानसिक र आपसी सदभावको विकास’ भन्ने मूल नाराका साथ अन्तर बैंक सेभन साईड फुटबल टुर्नामेन्ट २०७८ आयोजना गरिएको नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जनाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.