logo

वडा दशैको अवसरमा बिजयबस्तीमा फूटवल प्रतियोगिता पहिलो बिजेताले दूई लाख पाउने

 इसीमाना सम्वाददाता     २०७८ भदौ २६ गते ०४: ४६ मा प्रकाशित     1173   पटक पढिएको

       बडादशैं २०७८ को अवसरमा ठोरी गाउँपालिका ४ बिजयबस्तीमा  समाजसेवी स्वर्गीय राम बहादुर श्रेष्ठ गोल्डकप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । 

बिजयबस्ती फुटबल आयोजक समितिको आयोजनामा असोज ९ देखि असोज २६ सम्म संचालन हुने खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको सहभागीता रहने आयोजकले जनाएको छ । 

पर्साको ग्रामीण क्षेत्रमै  ठूलो पुरस्कार राशिको उक्त खेलमा प्रथम स्थान प्राप्त गर्ने टीमले  २ लाख नगद सहित शील्ड र प्रमाणपत्र, द्वितीय हुने टीमले  १ लाख नगद सहित शील्ड र प्रमाणपत्र, खेलभरकै उत्कृष्ट खेलाडीले  २० हजार, सर्वाधिक गोलकर्ताले चांदीको जुत्ता र उत्कृष्ट गोल किपरले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

बिजयबस्तीको खेल मैदानमा संचालन हुने खेलका लागि फिल्ड मर्मत तथा सहयोग संकलनको कार्य तिब्र रुपमा भइरहेको आयोजक समितिका अध्यक्ष झलक श्रेष्ठले जानकारी दिए । ठोरी गाउँपालिकाको कार्यालय तथा केही संघसंस्थाहरुले अहिले तयारीका लागि बिशेष सहयोग गरिरहेको आयोजक समितिका मिलन श्रेष्ठले बताएका छ्न । 

साबिक निर्मलबस्तीका पुर्व प्रधानपञ्च स्व. राम बहादुर श्रेष्ठले तत्कालीन कठिन अवस्थामा पनि शिक्षा, स्वास्थ्य, खानेपानी र सुरक्षामा विशेष पहल गरि गाउँवस्तीको पूर्वाधार बिकास तथा गाउँवस्तीलाई स्थायीत्व दिने कार्यमा उल्लेखनीय कार्य गरेको हुदा वहॉको योगदानलाई बिजयवस्तीका युवाहरुले उच्च मुल्याङ्कन गर्दै वहॉकै स्मृतिमा  “समाजसेवी स्व.राम बहादुर श्रेष्ठ गोल्डकप” खेलको आयोजना गर्न लागिएको सन्तोष श्रेष्ठले बताए । गत वर्ष  देखी यो प्रतियोगिता प्रारम्भ भएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.