logo

वडा दशैको अवसरमा बिजयबस्तीमा फूटवल प्रतियोगिता पहिलो बिजेताले दूई लाख पाउने

 इसीमाना सम्वाददाता     २०७८ भदौ २६ गते ०४: ४६ मा प्रकाशित     1090   पटक पढिएको

       बडादशैं २०७८ को अवसरमा ठोरी गाउँपालिका ४ बिजयबस्तीमा  समाजसेवी स्वर्गीय राम बहादुर श्रेष्ठ गोल्डकप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । 

बिजयबस्ती फुटबल आयोजक समितिको आयोजनामा असोज ९ देखि असोज २६ सम्म संचालन हुने खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको सहभागीता रहने आयोजकले जनाएको छ । 

पर्साको ग्रामीण क्षेत्रमै  ठूलो पुरस्कार राशिको उक्त खेलमा प्रथम स्थान प्राप्त गर्ने टीमले  २ लाख नगद सहित शील्ड र प्रमाणपत्र, द्वितीय हुने टीमले  १ लाख नगद सहित शील्ड र प्रमाणपत्र, खेलभरकै उत्कृष्ट खेलाडीले  २० हजार, सर्वाधिक गोलकर्ताले चांदीको जुत्ता र उत्कृष्ट गोल किपरले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

बिजयबस्तीको खेल मैदानमा संचालन हुने खेलका लागि फिल्ड मर्मत तथा सहयोग संकलनको कार्य तिब्र रुपमा भइरहेको आयोजक समितिका अध्यक्ष झलक श्रेष्ठले जानकारी दिए । ठोरी गाउँपालिकाको कार्यालय तथा केही संघसंस्थाहरुले अहिले तयारीका लागि बिशेष सहयोग गरिरहेको आयोजक समितिका मिलन श्रेष्ठले बताएका छ्न । 

साबिक निर्मलबस्तीका पुर्व प्रधानपञ्च स्व. राम बहादुर श्रेष्ठले तत्कालीन कठिन अवस्थामा पनि शिक्षा, स्वास्थ्य, खानेपानी र सुरक्षामा विशेष पहल गरि गाउँवस्तीको पूर्वाधार बिकास तथा गाउँवस्तीलाई स्थायीत्व दिने कार्यमा उल्लेखनीय कार्य गरेको हुदा वहॉको योगदानलाई बिजयवस्तीका युवाहरुले उच्च मुल्याङ्कन गर्दै वहॉकै स्मृतिमा  “समाजसेवी स्व.राम बहादुर श्रेष्ठ गोल्डकप” खेलको आयोजना गर्न लागिएको सन्तोष श्रेष्ठले बताए । गत वर्ष  देखी यो प्रतियोगिता प्रारम्भ भएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.