logo

दिवशीय सिरिज जितेर नेपालले इतिहास रच्यो

      1/28/2019 गते 00 00 मा प्रकाशित     2143   पटक पढिएको

काठमाण्डौं १४  माघ । 
यूएईबिरुद्धको एक दिवशीय सिरिज जितेर नेपालले इतिहास कायम गरेको छ । यूएईको घरेलु मैदानमै नेपालले पहिलो एक दिवसीय सिरिज जितेको छ । कप्तान पारस खड्काको शतकीय पारिले नेपाललाई जित दिलाएको छ ।


पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा २५४ रन बनाएको थियो । विशाल स्कोरको पिछा गरेको नेपालले ४४।४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटाएको छ । यूएईले दिएको विशाल लक्ष्य पछ्याउँदै नेपालले ४ विकेटले जितेको छ ।

टस जितेर नेपालले यूएईलाई ब्याटिङको निम्तो दिएको थियो । सुरुवातमा यूएईका खेलाडीहरु नेपाली बलरका अगाडी धरापमा परेका थिए ।

 

साहिमान अनवरले ८७ रन बनाएपछि यूएई २५४ रनको बलियो स्थितिमा पुगेको थियो । तर नेपालका कप्तान पारस खड्काले यूएईको सिरिज जित्ने सपनालाई तुहाई दिएका छन् ।

११५ रन बनाएर उनले अन्तराष्ट्रिय एक दिवसीय खेलमा पहिलो शतक बनाए । खडका लागि मात्र नभई नेपाली खेलाडीकै लागि एक दिवशीयमा बनाएको यो पहिलो शतक हो ।

 

एक दिवसीय खेलमा पहिलो शतक बनाउने खेलाडी कप्तान खड्का बनेका छन् । नेपालका ओपनर ब्याट्म्यान ज्ञानेन्द्र मल्लले पनि ३१ रन बनाएका छन् । अन्तराष्ट्रि क्रिकेटमा पहिलो डेब्यू गरेका सन्दीप झोराले १९ रन बनाए । अन्तिममा ब्याटिङ गर्न आएका सोमपाल कामीले तीन चौक र एक छक्काको मदतमा २६ रन बनाउँदै खेल जिताए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.