logo

खुलादिशामुक्त नभए बिकासका बजेट रोक्ने मेयर सरावगीको चेतावनी

      1/17/2019 गते 00 00 मा प्रकाशित     1655   पटक पढिएको

वीरगन्ज ३ माघ ।
पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ  यो तेश्रो प्रतिवद्धता हो ।

बिहिबार दिउसो सम्पन्न भएको जिल्ला स्तरीय खानेपानी  सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकमा सहभागी  सरोकारवालाहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।

 

जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अंसारीको अध्यक्षतामा सम्पन्न भएको समन्वय बैठकमा सहभागी स्थानीय निकायका जनप्रतिनिधि,सुरक्षा निकायका जिल्ला प्रमुखहरु,समाजिक सघं संस्था,संचाकरर्मी तथा खानेपानी तथा सरसफाइ कार्यालयका   पदाधिकारीहरुले पर्सा जिल्लामा वाकी रहेका स्थानीय निकायहरुलाई फागुन मसान्तसम्ममा खुला दिशामुक्त घोषणा गर्दै यो बर्षको अन्तिमसम्म जसरीपनि पर्सालाई खुला दिशामुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेका छन ।

 

कार्यक्रममा सहभागीहरुका वीचमा वाकी रहेका स्थानीय निकायका वडावासीहरुलाई चर्पीको उपयोगीताको बारेमा बताउने र खुला दिशापिसाब गर्ने व्यत्तिहरुलाई दन्डित गर्ने कार्यदल बनाउने सहमति समेत भएको छ ।

 

कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले स्वच्छता नागरिकको पुर्ण अधिकार भएको बताउदै आउने सन्ततीहरुलाई रोगबाट बचाउन सरसफाइ र स्वच्छताको अभियानलाई तिब्रता दिइने धारणा व्यक्त गरे। उनले महानगरपालिकालाई खुला दिशामुक्त घोषणा गर्न वाकीरहेका वडाहरुमा चर्पी अनिवार्य लागु गर्ने घोषणा समेत गरे ।

 

नगर प्रमुख सरावगीले वाकीरहेका वडाहरुलाई खुलादिशामुक्त घोषणा नभएसम्म सबै विकास बजेटहरु रोक्ने चेतावनी दिए। कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पर्सा जिल्लालाई आउने महिनालाई सरसफाइ महिनाको रुपमा विभिन्न अभियानहरु चलाउदै खुलादिशा मुक्त घोषणा घोषणा गर्न सरोकारवाला सबै पक्षको सहभागीतामा एउटा कार्यदल बनाउने राखेको प्रस्ताव सर्वसहमतीबाट पारित भएको बताए ।

 

कार्यक्रममा जिल्ला खानेपानी कार्यालयका प्रमुख जकि अहमद अंसारीले जिल्ला भरीको सरसफाइ तथा चर्पी उपयोगीताको अवस्थाबारे जानकारी गराएका थिए । कमल अधिकारीले प्रदेशको खुलादिशा मुक्त अवस्थाको कार्यप्रगती र बिशलेषण बारे सबैलाई जानकारी गराउनु भएको थियो ।    

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.