logo

खुलादिशामुक्त नभए बिकासका बजेट रोक्ने मेयर सरावगीको चेतावनी

      1/17/2019 गते 00 00 मा प्रकाशित     1526   पटक पढिएको

वीरगन्ज ३ माघ ।
पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ  यो तेश्रो प्रतिवद्धता हो ।

बिहिबार दिउसो सम्पन्न भएको जिल्ला स्तरीय खानेपानी  सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकमा सहभागी  सरोकारवालाहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।

 

जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अंसारीको अध्यक्षतामा सम्पन्न भएको समन्वय बैठकमा सहभागी स्थानीय निकायका जनप्रतिनिधि,सुरक्षा निकायका जिल्ला प्रमुखहरु,समाजिक सघं संस्था,संचाकरर्मी तथा खानेपानी तथा सरसफाइ कार्यालयका   पदाधिकारीहरुले पर्सा जिल्लामा वाकी रहेका स्थानीय निकायहरुलाई फागुन मसान्तसम्ममा खुला दिशामुक्त घोषणा गर्दै यो बर्षको अन्तिमसम्म जसरीपनि पर्सालाई खुला दिशामुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेका छन ।

 

कार्यक्रममा सहभागीहरुका वीचमा वाकी रहेका स्थानीय निकायका वडावासीहरुलाई चर्पीको उपयोगीताको बारेमा बताउने र खुला दिशापिसाब गर्ने व्यत्तिहरुलाई दन्डित गर्ने कार्यदल बनाउने सहमति समेत भएको छ ।

 

कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले स्वच्छता नागरिकको पुर्ण अधिकार भएको बताउदै आउने सन्ततीहरुलाई रोगबाट बचाउन सरसफाइ र स्वच्छताको अभियानलाई तिब्रता दिइने धारणा व्यक्त गरे। उनले महानगरपालिकालाई खुला दिशामुक्त घोषणा गर्न वाकीरहेका वडाहरुमा चर्पी अनिवार्य लागु गर्ने घोषणा समेत गरे ।

 

नगर प्रमुख सरावगीले वाकीरहेका वडाहरुलाई खुलादिशामुक्त घोषणा नभएसम्म सबै विकास बजेटहरु रोक्ने चेतावनी दिए। कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पर्सा जिल्लालाई आउने महिनालाई सरसफाइ महिनाको रुपमा विभिन्न अभियानहरु चलाउदै खुलादिशा मुक्त घोषणा घोषणा गर्न सरोकारवाला सबै पक्षको सहभागीतामा एउटा कार्यदल बनाउने राखेको प्रस्ताव सर्वसहमतीबाट पारित भएको बताए ।

 

कार्यक्रममा जिल्ला खानेपानी कार्यालयका प्रमुख जकि अहमद अंसारीले जिल्ला भरीको सरसफाइ तथा चर्पी उपयोगीताको अवस्थाबारे जानकारी गराएका थिए । कमल अधिकारीले प्रदेशको खुलादिशा मुक्त अवस्थाको कार्यप्रगती र बिशलेषण बारे सबैलाई जानकारी गराउनु भएको थियो ।    

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.