logo

महानगर स्तरको  क्रिकेट टिम बनाउने प्रमुख सरावगीको घोषणा

      12/19/2018 गते 00 00 मा प्रकाशित     1551   पटक पढिएको

वीरगन्ज ४पुष।

वीरगन्ज महानगरपालिकाका   प्रमुख बिजय कुमार सरावगीले महानगरपालिकाले छिटै मेयरकप क्रिकेट प्रतियोगिता गराउने प्रतिवद्धता व्यक्तगरेका छन।


मुख्यमन्त्री प्याब्शन टि ट्वान्टी क्रिकेट टुर्नामेन्टको समापन कार्यक्रममा बोल्दै महानगरप्रमुख सरावगीले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन  ।

 

प्याब्शनको प्रदेश समितिले आयोजना गरको  क्रिकेट टुर्नामेन्टका बिजयी प्रतियोगि खेलाडीहरुलार्ई बीरगंजको नारायणी रंगशाला पुरस्कार बितरण गर्दै गुणस्तरीय प्रतियोगिताको संचालन गर्ने महानगरप्रमुखले जानकारी गराएका हुन ।

 

महानगरप्रमुख सरावगीले वीरगन्ज महानगरपालिकाको ३२वटै वडाका टिमहरुलाइ मेयर कपमा सहभागी गराउने र प्रतियोगिातमा उत्कृष्ट गर्ने खेलाडिहरुबाट महानगरपालिका स्तरको क्रिकेट टिम बनाइने घोषणा गरे ।

 

नगर प्रमुख सरावगीले नारायणी रगंशालाको व्यवस्थापनको जिम्मेवारी छिटै नै निश्चय हुने बिश्वास ब्यक्त गरे । उनले बीरगंजमा प्रदेश स्तरकै स्टेडियम बनाउने प्रयास भइरहेको सार्वजनीक गरे ।प्याब्शनका प्रदेश अध्यक्ष मुरारी प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको भएको थियो ।

 

आज सम्पन्न भएको टुर्नामेन्टको फाइनल खेलमा २१ रनले प्याब्शन सप्तरी विजयीभइ प्रथम भएको छ भने टुर्नामेन्टको द्धितिय स्थान वीरगन्ज प्याब्शनले हासिल गरेको छ ।

 

सुरुमा टस जितेर प्याब्शन सप्तरीले ब्याटिङ गर्द  २० ओभरमा ४विकेट गुमाउदै १६७ रन बनाएको थियो ।प्रतिउतरमा ओर्लेको प्याब्शन वीरगन्जले २० ओभरमा ९ विकेट गुमाउदै १४६ रनमात्र प्राप्त गर्न सफल भएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.