logo

प्रथम मेयर कप फूटवल ,वडा नं. १ फाईनलमा प्रवेश 

      6/13/2018 गते 00 00 मा प्रकाशित     1191   पटक पढिएको

सिमरा, ३० जेष्ठ । वडा नं. १२ लाई सडन डेथमा पराजित गर्दै वडा नं. १ जीतपुरसिमरा उपमहानगर स्तरीय प्रथम मेयर कप फूटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । 


सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाईनल खेलमा वडा नं. १२ लाई वडा नं. १ ले सडन डेथमा पराजित गरेको हो । निर्धारित समयमा दुबै टिमले बराबरी खेलेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा समेत बराबरी भएपछि नतिजा सडन डेथबाट निस्किएको हो । 


निर्धारित ८० मिनेट खेलको २०औं मिनेटको खेलमा वडा नं. १ का लागि निरज राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलम उत्कृष्ट प्रदर्शन गरेका निरजले डिबक्स बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । 


प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि थुप्रै अवसर गुमाएको वडा नं. १ ले सडम डेथसंग संघर्ष गर्नुप¥यो । क्वार्टरफाईनलमा वडा नं. ७ संग १÷० ले पराजित भएको वडा नं. १२ प्रोटेस्टपछि बिजयी घोषित भएको थियो । वडा नं. ७ ले वडाभन्दा बाहिरको खेलाडी खेलाएको खुलेपछि आयोजकले वडा नं. १२ लाई बिजयी घोषणा गरेको हो । 


खेलमा दोस्रो अवसर पाएको वडा १२ ले आकर्षक खेल भने प्रदर्शन गर्न सकेन । अन्तिम समयसम्म वडा नंं. १ लाई रोक्न संघर्ष गरेको वडा नं. १२ ले खेलको ८०औं मिनेटमा बराबरी गोल फर्काएको थियो । वडा नं. १ को रक्षापंक्ती सम्हालेका रोहन लामा र गोलरक्षक रोहन मगरबीच तालमेल नमिल्दा वडा नं. १२ का सागर चौधरीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 


निर्धारित समय बराबरीमा सकिएपछि खेल टाईब्रेकमा पुगेको थियो । टाईब्रेकरमा पनि दुई टिमले ५÷५ को बराबरी खेलेका थिए । वडा नं. १ का लागि टाईब्रेकरमा कप्तान रोहन लामा, निरज राई, अमित दुवाडी, पुजन श्रेष्ठ र बसन्त लामाले गोल गरे । वडा नं. १२ का लागि सागर चौधरी, सुमन चौधरी, रामप्रवेश राय, मित्यानन्द राय र आकाश रायले गोल गरे । 


टाईब्रेकर पनि बराबरीमा सकिएपछि सडन डेथमा वडा नं. १२ का अजय चौधरीको प्रहार वडा नं. १ का गोलरक्षक रोहन मगरले नियन्त्रणमा लिए । वडा नं. १ का लागि प्रशान्त चौधरीले सडन डेथमा गोल गर्दै टिमलाई जीत दिलाए । खेलको म्यान अफ दि म्याच वडा नं. १ का गोलरक्षक रोहन मगर घोषित भए ।

 

उनलाई वडा नं. १ का वडाअध्यक्ष हिराबहादुर गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउलेलगायतले ट्रफि प्रदान गरे । 


प्रतियोगिता अन्तर्गत बिहिवार दोस्रो सेमिफाईनल खेल वडा नं. ५ र वडा नं. २ बीच हुनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको सञ्चार प्रवद्र्धकको रुपमा नेपाल खेलकुद पत्रकार मञ्च बारा रहेको छ ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

ठोरीका कर्मचारीको पक्षमा पालिका अध्यक्ष श्रेष्ठ,सामाजिक संजालमा राखिएका आधारहिन पोष्ट बारे कानूनी बाटो अपनाइने

ठोरी ।ठोरी गाउँपालिकाका कर्मचारीको चरित्र हत्या गर्ने मनसायले  सामाजिक संजालमा पोष्ट गरिएका भ्रामक तथा आधारहीन  बिषय प्रति ठोरी गाउँपालिकाले आफ्नो असहमती सार्वजनीक गरेको छ ।

प्रहरी नायव निरिक्षक यादव ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

बागमती । इलाका प्रहरी कार्यालय कर्मैयाका कार्यालय प्रमुख प्रहरी नायबनिरिक्षक सभाष यादव   ‘बेस्ट पुलिस अफ द मन्थ’ भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.