logo

थ्रिस्टार सिमरा गोल्डकपको उपाधि नजिक

      2/14/2018 गते 00 00 मा प्रकाशित     1985   पटक पढिएको

सिमरा, २ फागुन
मोरङ फुटबल क्लब विराटनगरमाथी ४–२ को जित निकाल्दै रुस्लान थ्रिस्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाईनल प्रवेश गरेको छ । 


थ्रिस्टारको जितमा सुनील बलले २ तथा विष्णु गुरुङ र अनन्त तामाङले समान १ गोल गरे ।  मोरङका कर्ण लिम्बुले खेलको अन्तिम समयमा २ गोल गरेपनि टिमको हार टार्न सकेनन् । 


खेलको पहिलो हाफमा २–० ले पछि परेको मोरङ फुटबल क्लबमाथि थ्रिस्टारले दोश्रो हाफमा दुई गोल थप्यो । खेलको ८० औं मिनट सम्म मोरङलाई ४–० गोल अन्तरले दवावमा राखेको थ्रिस्टारका गोलरक्षक परिवर्तन भएलगतै मोरङले ८१ र ८४ औं मिनटमा लगातार २ गोल फर्कायो । 

 


खेलको उतराद्र्धमा ४–० को नतिजा पाएको थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले फाइनल प्रवेश सुनिस्चित भएपछि पहिलो रोजाईका गोलरक्षक एलन न्यौपानेको ठाउँमा अभिषेक बराललाई मैदान पठाएका थिए । 
सिजनका दुई ठुला प्रतियोगिता जितेको थ्रिस्टारलाई पहिलो पटक सिमरा गोल्डकपको उपाधि होडमा उभ्याउने क्रममा खेलको २३ औं मिनटमा विष्णु गुरुङले गोल गरेका थिए । सुनिल बलको क्रसलाई सदुपयोग गर्दै विष्णुले टिमलाई अग्रता दिलाए । 

 


खेलको ३५ औं मिनटमा सुनील बलले थ्रिस्टारको अग्रता दोव्वर पारे । डि वक्स वाहिरबाटै सुनील प्रहार गोलमा परिणत भएको थियो । 
पहिलो हाफमा मोरङ विरुद्ध हावि भएको थ्रिस्टारका सुनील बलले दोश्रो हाफको शुरुवातमै अग्रता फराकिलो बनाए । खेलको ४९ औं मिनटमा डि वक्स भित्र पाएको निराजन खड्काको पासलाई सदुपयोग गर्दै सुनीलले थ्रिस्टारलाई ३–० को अग्रता दिलाए । 
खेलको ७७ औं मिनटमा थ्रिस्टारले अर्को गोल गर्दै मोरङ विरुद्ध ४ गोलको अग्रता लिन सफल भयो । निराजन खड्काको कर्नर बलमा उत्कृष्ट हेडिङ गर्दै अनन्त तामाङले थ्रिस्टारको जित सुनिश्चित गरे । 

 


४ गोलको अग्रता पछि गोलरक्षक परिवर्तन गरेको थ्रिस्टार खेलको ८० औं मिनटपछि दवावमा प¥यो । गोलरक्षक एलन न्यौपानेको ठाउँमा आएका अभिषेक बराल मैदान प्रवेश गरेको पहिलो मिनटमै थ्रिस्टारको अग्रता ४–१ मा झ¥यो । 

 


मोरङका कर्ण लिम्बुले खेलको ८१ औं मिनटमा पहिलो गोल गरे । डि बक्स भित्र पाएको बललाई सिधै पोष्टको दिशा दिएका लिम्बुको प्रहार थ्रिस्टारका गोल रक्षक अभिषेक बरालले सम्हाल्न सकेनन् । 
त्यस लगतै आक्रामक रुपमा प्रस्तुत भएको मोरङले अर्को गोल थप्दै थ्रिस्टारको अग्रता ४–२ मा झा¥यो । कर्ण लिम्बुले खेलको ८४ औं मिनटमा दोश्रो गोल गरे । 

 


थ्रिस्टार संग पराजय भोगेको मोरङ स्पोर्टस क्लबले खेलमा केहि सुन्दर अवसर गुमाएको थियो । 
खेलको चौथो मिनटमा भूवन बस्नेतले अग्रता लिने अवसर गुमाएका थिए । डि बक्स बाहिरबाट भूवनले अघि बढाएको बललाई थ्रिस्टारका पिटर सेगुनले पेनालटी एरियाबाट क्लिएर गरेका थिए । 

 


खेलको आठौं मिनटमा दिपक राईको क्रस बल कर्ण लिम्बुले सदुपयोग गर्न नसक्दा अर्को अवसर गुम्यो । डि बक्स भित्रै पाएको बल क्रसबार माथि प्रहार गरे । 

 


खेलको १२ औं मिनटमा भूवन बस्नेत वन भर्सेस वनको अवस्थामा चुके । डि–बक्स भित्र दिपक राईको पास भूवनले अघि बढाउँदा थ्रिस्टारका पिटर सेगुनले स्लाईड गरेर क्लिएर गरे । 

 


थ्रिस्टारको जीतमा दुई गोल गरेका सुनिल बल म्यान अफ दि म्याच घोषित भए । विहिबार त्रिभूवन आर्मी र वीरगञ्ज यूनाईटेड क्लब विच अन्तिम सेमी फाईनल खेल हुनेछ । 

 


हारपछि निराश बनेका मोरङका प्रशिक्षक पारस चौधरीले पहिलो हाफमै २ गोलले पछि पर्दा खेल गुमाएको प्रतिकृया दिए । थ्रिस्टार विरुद्ध खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको भन्दै उनले फिनिसिङमा चुक्दा हार व्यहोर्नुपरेको प्रतिकृया दिए । खेलमा फर्कन नसकेपनि अन्तिम समयमा थ्रिस्टार विरुद्ध २ गोल फर्काउनु सुखद पक्ष रहेको चौधरीले बताए । 

 


सिमरा गोल्डकपको उपाधि नजिक पुगेपछि थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । अन्तिम समयमा नयाँ गोलरक्षकलाई प्रयोग गर्दा २ गोल खाएपनि टिमको प्रदर्शनबाट आँफू सन्तुष्ट रहेको बताए । मोरङलाई पुरै समय थ्रिस्टारका खेलाडिले दवावमा राखेको भन्दै केसीले सिमरा गोल्डकपको उपाधि जित्ने तयारीका साथ शनिवार मैदानमा उत्रने बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.