logo

सिमरा गोल्डकप - त्रिभूवन आर्मी सेमी फाईनलमा 

      2/11/2018 गते 00 00 मा प्रकाशित     1716   पटक पढिएको

सिमरा २८ माघ ।
सशस्त्र प्रहरी वलको एपिएफ क्लबलाई ४–० को फराकिलो अन्तरले हराउदै त्रिभूवन आर्मी क्लब बाराको सिमरा रङ्गशालामा जारी नवौं सिमरा गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ । 

 


त्रिभूवन आर्मीको सेमीफाईनल यात्रामा म्यान अफ दि म्याच जर्जप्रिन्स कार्कीले २, नवयूग श्रेष्ठ र दिनेश हेम्जनले समान १ गोल गरे । 

 


सशस्त्र प्रहरी विरुद्ध आर्मीका जर्जप्रिन्स कार्कीले खेलको ३६ औं मिनटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको एपिएफ विरुद्ध आर्मीले दोश्रो हाफमा ३ गोल ग¥यो । 


दोश्रो हाफको शुरुवातमै नवयूग श्रेष्ठले आर्मीको अग्रता दोव्वर पारे । खेलको ४७ औं मिनटमा नवयूगको गोलपछि सशस्त्र थप दवावमा प¥यो । खेलको ७१ औं मिनटमा अण्डर १९ राष्ट्रिय फुटबल टिमका स्ट्राइकर दिनेश हेम्जनले आर्मीका लागि तेश्रो गोल गरे । 

 


खेलको उतरार्धमा ३–० को फराकिलो अन्तर झेलेको एपिएफ खेलको ७५ औं मिनटमा ९ खेलाडीमा सिमित भयो भने आर्मी १० खेलाडीमा सिमित भयो । 

 


एपिएफका रञ्जन विष्टले आर्मीका विमल पाण्डेलाई लडाएपछि केहिवेर दुबै टिम विच तनाव सिर्जना भयो ।

 

 फाउल पछि पहेंलो कार्ड खाएका रञ्जन आर्मीका खेलाडी संग झगडा गर्न गएपछि उनि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिए । रञ्जन संगै उनका भाई एवं एपिएफका स्ट्राईकर अञ्जन पनि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरए भने आर्मीका चर्चित स्ट्राईकर नवयूग श्रेष्ठ रातो कार्ड पाएर मैदानबाट बाहिर निस्के । 


९ खेलाडीमा सिमित एपिएफ विरुद्ध आर्मीले खेलको अन्तिम समयमा चौथो गोल ग¥यो । खेलको ८२ औं मिनटमा आर्मीका जर्ज प्रिन्स कार्कीले ब्यक्तिगत दोश्रो गोल गर्दै आर्मीलाई ४–० को शानदार जित दिलाए । 
प्रतियोगितामा सोमबार रुस्लान थ्रिस्टार क्लब र सुदुर पस्चिम ११ स्पोर्टस क्लब धनगढी विच खेल हुने छ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.