logo

नेपाललाई १९५ रनको लक्ष्य

      10/12/2017 गते 00 00 मा प्रकाशित     1776   पटक पढिएको

काठमाडौं, २७ असोज :

                                  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङसँग महत्वपूर्ण खेलमा नेपालले १९५ रनको लक्ष्य पाएको छ । नेपालले टस जितेर व्याटिङ रोजेपछि हङकङले नेपाललाई १९५ रनको लक्ष्य दिएको हो । ५० ओभरमा हङकङले सबै विकेट गुमाएर १९४ रन बनाएको छ । नेपालका लागि सन् २०१९ मा इङ्ल्यान्डमा हुने विश्वकप क्रिकेटको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्न जित्नै पर्ने बाध्यता रहेको छ ।

                                 आजको र आइतबारको दुवै खेलमा हङकङलाई पराजित गर्न सकेको अवस्थामा यसै प्रतियोगितामार्फत नेपालले अर्को वर्ष हुने अन्तिम चरणको विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछ । दुईमध्ये एक खेलको पराजयले पनि नेपाललाई विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्नकै लागि पनि अर्को प्रतियोगिता खेल्नुपर्ने हुन्छ ।

                             २०१९ विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा आईसीसीको वरीयताक्रमको पुछारका चार, विश्व क्रिकेट लिग च्याम्पियनसिपका शीर्ष चार टोली र यसपछि हुने डिभिजन दुईका शीर्ष दुई टोलीले प्रतिस्पर्धा गर्ने छन् । जारी च्याम्पियनसिपको अन्तिम चारभित्र अटाउन नसकेको अवस्थामा नेपाल डिभिजन दुईमार्फत पनि शीर्ष दुईभित्र अटाउँदै अन्तिम चरणको छनोट प्रतियोगितासम्म पुग्न सक्नेछ।

                            यद्यपि हङकङविरुद्धको यी दुवै खेलमा जित हात पार्न सकेको अवस्थामा यसै प्रतियोगितामार्फत नेपालले छनोटको आशा जीवितै राख्नेछ । प्रतियोगितामा चार खेल (हङकङ र नेपालबाहेक अन्य टोलीको भने दुई÷दुई खेल) बाँकी रहँदा हङकङ र नेपाल दुवै शीर्ष चारभित्र छैनन् । हङकङलाई दुवै खेलमा पराजित गर्न सकेको अवस्थामा नेपालले चौथो स्थानको केन्यालाई पछि पार्न सक्नेछ । त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्ने नेपालले दुवै खेलमा जितसहित छनोट पक्का गर्न सक्नेछ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.