logo

नेपाल पुलिससँग वीरगन्ज पराजित (तस्विरहरु सहित)

      4/22/2017 गते 00 00 मा प्रकाशित     1477   पटक पढिएको

 

वीरगन्ज-विशाल मेमोरियल गोल्डकपको पहिलो खेलमै वीरगन्ज युनाईटेड क्लब नेपाल पुलीस क्लबसँग एक गोलले पराजित भएको छ । वीरगन्जको नारायणी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा पुलीसका सुमन लामाले १६ औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो । खेलमा पुलिसतर्फका दुई र वीरगन्ज युनाईटेडका एक खेलाडीले पहेलो कार्ड पाएका थिए । डेढ दशक भन्दा बढी समयपछि व्यापारिक नगरीमा भएको राष्ट्रिय स्तरको प्रतियोगिता हेर्न पाउँदा दर्शक रोमाञ्चीत देखिएका थिए ।


आइतबारको खेल संकटा क्लब काठमाडौँ र विभागीय टोली एपीएफ क्लबबीच हुने आयोजकले बताएका छन् । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका त्रिभुवन आर्मी, संकटा, हिमालयन शेर्पा क्लब, वीरगन्ज युनाइटेड, जनजागृति युवा क्लब सिमरा र भारतको राजमील पटना सहित ८ टिमको सहभागित रहेको छ । विजेता टिमलाई नगद ५ लाख रुपैयाँ र ट्रफी, उपविजेता टिमलाई २ लाख ५० हजार नगद सहित ट्रफी प्रदान गरिनेछ । यसैगरि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले सुजीकी मोटरसाइकल प्रँप्त गर्ने प्रतियोगिताका संयोजक रोशन कुमार कलवारले बताए ।

तस्विरहरु: मनिष पौडेल

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.