logo

त्रिभूवन आर्मी विशाल मेमोरियल गोल्डकपको फाइनलमा

      4/27/2017 गते 00 00 मा प्रकाशित     1629   पटक पढिएको

 

वीरगञ्ज, १४ बैशाख  । त्रिभूवन आर्मी क्लब वीरगञ्जमा जारी प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको फाईनलमा प्रवेश गरेको छ । नारायणी रंगशालामा बिहीबार भएको सेमिफाइनल खेलमा आर्मीले नवजागृति यूवा क्लब सिमरालाई ३–० गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो ।

 

दुवै टिमले आक्रमक खेल पस्केपनि आर्मीका जर्सी नं. ३० का जर्ज प्रिन्स कार्कीले पहिलो हाफको २२ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । त्यस्तै दोश्रो हाफको ७९ औं आर्मीका दिप लामाको क्रसमा कप्तान भरत खवासले गोल गर्दै २–० को अग्रता दिलाएका हुन् । ८४ औं मिनेटमा भरतले आफ्नो व्यक्तिगत दोश्रो गोल गरेपछि आर्मीको जीत सुनिश्चित भएको थियो ।

भरत खवास खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार हात पारे ।

फाइनलमा सिएमजी क्लब संकटा र त्रिभूवन आर्मी क्लब बीच शनिबार खेल हुने प्रतियोगिताका संयोजक रोशन प्रसाद कलवारले बताए । यसअघि भएको खेलमा संकटाले दुई विभागीय टोली एपिएफ र नेपाल नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बैशाख १६ गते सम्म चल्ने प्रतियोगिताको उपाधी विजेता टिमलाई नगद पाँच लाख र ट्रफी तथा उपविजेता टिमलाई दुई लाख ५० हजार नगद सहित ट्रफी पुरस्कार प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान सुजीकी मोटरसाइकल प्राप्त गर्नेछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.