logo

१६ वर्षीया इनिशा विकको घटनामा निष्पक्ष छानबिनको माग गर्दै वीरगंजमा पनि  प्रदर्शन

 इसीमाना सम्वाददाता     २०८२ फागुन २९ गते ०७: ४७ मा प्रकाशित     499   पटक पढिएको

वीरगंज । सुर्खेतको एक सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी १६ वर्षीया इनिशा विकको घटनामा निष्पक्ष छानबिनको माग वीरगंजमा पनि  प्रदर्शन गरिएको छ।

 

वीरगंज स्कूल अफ ल का बिद्यार्थी तथा अध्यापकहरुले  ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’, ‘इनिशालाई न्याय देऊ’, ‘हत्यारालाई कारबाही गर’ जस्ता नारासहित वीरगंजको घण्टाघरमा प्रर्दशन गरेका हुन ।

 

बिरोध प्रर्दशनमा कलेजका बिद्यार्थीहरु तथा कलेजका अध्यापकहरुको सहभागिता रहेको थियो । न्यायको पक्षमा बल पुर्याउन बिद्यार्थीहरुले प्रर्दशन गर्न अनुरोध गरेको कलेजका संचालक अधिवक्ता चन्द्रिका पटेलले बताए ।

 

कलेजका प्राध्यापक डा.हरेराम ठाकुरले न्यायको पक्षमा सामाजिक रुपमा आवाज उठन जरुरी रहेको बताए । 

 

गत शनिबार बिहान घरबाट निस्किएकी इनिशा अबेरसम्म घर नफर्किएपछि आफन्तले उनको खोजी गरेका थिए ।

 

सोही दिन बिहान ९ बजे वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा इनिशा बेहोस अवस्थामा भेटिएकी थिइन् ।

 

 उनीसँगै रहेका वीरेन्द्रनगर–९ का एक युवकलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।


वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा गत शनिबार बिहान प्रयोगात्मक परिक्षा छ भनेर घरबाट निस्किएकी थिइन् ।

May be an image of one or more people, monument, crowd and text

बिहान ८ बजेसम्म घर आउने भनेर गएकी इनिशा ९ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै ‘तपाईंकी छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्’ भन्दै जानकारी दिएको इनिशाकी आमाले जानकारी दिइन् ।

 

घटनास्थल इनिशाको रक्ताम्मे शरिर, कपाल लुछिएको, घाँस मडारिएको र एकातिर जुत्ता तथा अर्कोतिर मोजा परेको अवस्थामा भेटिएको देखेपछि आफूपनि बेहोस् भएको इनिशाकी आमाले बताइन् । 

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका नाबालक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.