logo

वीरगञ्जमा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिताबारे अभिमुखीकरण सम्पन्न

 इसीमाना सम्बाददाता     २०८२ फागुन १३ गते ०४: ५२ मा प्रकाशित     301   पटक पढिएको

वीरगञ्ज । निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता विषयक एकदिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आज वीरगञ्जमा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

 

 

मधेस प्रदेशमा क्रियाशील पत्रकारहरुलाई आसन्न २१ फागुनको निर्वाचनलाई लक्षित गर्दै प्रभावकारी, निष्पक्ष र जनमुखी ढंगले कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ।

 

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले निर्वाचनको समयमा पत्रकारहरुलाई अझ दक्ष, जिम्मेवार र संवेदनशील बनाउन अभिमुखीकरण आवश्यक रहेको बताए।

May be an image of one or more people, people studying and text

उनले चुनावी रिपोर्टिङमा तथ्यपरकता, सन्तुलन र आचारसंहिताको पालना अनिवार्य हुने उल्लेख गरे।

 

त्यसैगरी, महासंघकी उपाध्यक्ष नितु पंडितले पत्रकारहरुले महासंघद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्न आग्रह गरिन्।

 

 प्रशिक्षणसमेत दिएकी उनले आचारसंहिता उल्लंघनका कारण पत्रकारहरुले विभिन्न चुनौती र जटिलता भोग्नुपरेको उल्लेख गर्दै सचेत र जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याइन्।

 

कार्यक्रममा नेपाल पर्साको निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत मधुसुदन आचार्य,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा संयोजक के.सी.लामिछाने, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान लगायतले निर्वाचन आचार संहिताको बिषयमा प्रकाश पारेका थिए । 

May be an image of one or more people and text


कार्यक्रममा निर्वाचनको समयमा ध्यान दिनुपर्ने विषय, समाचार सम्प्रेषणका मापदण्ड, भ्रामक सूचनाबाट जोगिने उपाय तथा जनमुखी पत्रकारिताका सिद्धान्तबारे विस्तृत छलफल गरिएको थियो।

 

अभिमुखीकरण कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। मधेश प्रदेशका अध्यक्ष शयाम बन्जाराले संचालन गरेको कार्यक्रममा पर्साका अध्यक्ष ओक प्रकाश खनालले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.