logo

सेस्मी इन्टरनेशनल स्कुलमा"सेस्मी फुड फेस्ट २०८२"  सम्पन्न

 इसीमाना सम्बाददाता     २०८२ फागुन १० गते ०९: ५७ मा प्रकाशित     196   पटक पढिएको

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगरस्थित सेस्मी इन्टरनेशनल स्कुलमा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र व्यावहारिक सीप विकास गर्ने उद्देश्यलेसेस्मी इन्टरनेशनल स्कुलमा"सेस्मी फुड फेस्ट २०८२"  सम्पन्न भव्य रूपमा सम्पन्न भएको छ ।


विद्यालय परिसरमै आयोजित फुड फेस्टिबलमा कक्षा १ देखि माध्यमिक तहसम्मका विद्यार्थीहरूले विभिन्न परिकारका स्टलहरू सञ्चालन गर्दै स्वदेशी तथा विदेशी खानाका स्वादिलो परिकारहरू प्रस्तुत गरेका थिए ।

 

विद्यार्थीहरू आफैंले तयारी, सजावट, मूल्य निर्धारण तथा ग्राहक सेवा सम्हाल्दा कार्यक्रम थप आकर्षक बनेको थियो । 


कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । फुड फेस्टिबल अवलोकन गर्न आएका अभिभावकहरूले विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुतिकरण क्षमता र समूहकार्यको प्रशंसा गरेका थिए ।


विद्यालयकी प्रिन्सिपल आशमा सिंह यादवका अनुसार यस्ता सिर्जनात्मक कार्यक्रम मार्फत विद्यार्थीहरूको आत्मविश्वास बढाउन विद्यार्थीहरूलाई कक्षाकोठाभन्दा बाहिरको व्यवहारिक सीप सिकाउने लक्ष्य राखिएको हो ।

 

 “फुड फेस्टिबलमार्फत विद्यार्थीहरूले उद्यमशीलता, समूहकार्य, स्वच्छता, ग्राहक सेवाजस्ता व्यवहारिक ज्ञान हासिल गरेका छन्,” उनले भनीन ।


विद्यालय प्रशासनका अनुसार फुड फेस्टिबलबाट संकलित रकम सामाजिक सेवामा प्रयोग गरिनेछ । यस्ता कार्यक्रमले विद्यार्थीहरूको पढाइलाई जीवनोपयोगी बनाउँदै समाजप्रति उत्तरदायी नागरिक बनाउन सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.