logo

सेस्मी इन्टरनेशनल स्कुलमा"सेस्मी फुड फेस्ट २०८२"  सम्पन्न

 इसीमाना सम्बाददाता     २०८२ फागुन १० गते ०९: ५७ मा प्रकाशित     257   पटक पढिएको

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगरस्थित सेस्मी इन्टरनेशनल स्कुलमा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र व्यावहारिक सीप विकास गर्ने उद्देश्यलेसेस्मी इन्टरनेशनल स्कुलमा"सेस्मी फुड फेस्ट २०८२"  सम्पन्न भव्य रूपमा सम्पन्न भएको छ ।


विद्यालय परिसरमै आयोजित फुड फेस्टिबलमा कक्षा १ देखि माध्यमिक तहसम्मका विद्यार्थीहरूले विभिन्न परिकारका स्टलहरू सञ्चालन गर्दै स्वदेशी तथा विदेशी खानाका स्वादिलो परिकारहरू प्रस्तुत गरेका थिए ।

 

विद्यार्थीहरू आफैंले तयारी, सजावट, मूल्य निर्धारण तथा ग्राहक सेवा सम्हाल्दा कार्यक्रम थप आकर्षक बनेको थियो । 


कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । फुड फेस्टिबल अवलोकन गर्न आएका अभिभावकहरूले विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुतिकरण क्षमता र समूहकार्यको प्रशंसा गरेका थिए ।


विद्यालयकी प्रिन्सिपल आशमा सिंह यादवका अनुसार यस्ता सिर्जनात्मक कार्यक्रम मार्फत विद्यार्थीहरूको आत्मविश्वास बढाउन विद्यार्थीहरूलाई कक्षाकोठाभन्दा बाहिरको व्यवहारिक सीप सिकाउने लक्ष्य राखिएको हो ।

 

 “फुड फेस्टिबलमार्फत विद्यार्थीहरूले उद्यमशीलता, समूहकार्य, स्वच्छता, ग्राहक सेवाजस्ता व्यवहारिक ज्ञान हासिल गरेका छन्,” उनले भनीन ।


विद्यालय प्रशासनका अनुसार फुड फेस्टिबलबाट संकलित रकम सामाजिक सेवामा प्रयोग गरिनेछ । यस्ता कार्यक्रमले विद्यार्थीहरूको पढाइलाई जीवनोपयोगी बनाउँदै समाजप्रति उत्तरदायी नागरिक बनाउन सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.