logo

कवि विप्लव प्रतीकको हाइकु संग्रह ‘शाडेनफ्रोएडा’को बीरगंज लाकार्पण,

 इसीमाना सम्वाददाता     २०८१ बैशाख ३ गते ०८: ५२ मा प्रकाशित     462   पटक पढिएको

वीरगञ्ज । कवि विप्लव प्रतीकद्वारा लिखित ‘शाडेनफ्रोएडा’ नामक कृतिको “वीरगञ्ज लोकार्पण”सामेवार बीरगंजमा गरिएको छ । पाठशाला नेपाल र ज्ञानदा एकेडेमीको संयुक्त आयोजनामा लोकार्पण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

साहित्यकार तथा पाठशाला नेपालका कार्यवाहक अध्यक्ष गणेश प्रसाद लाठको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको कार्यवाहक अध्यक्ष तथा साहित्यकार गणेश लाठले नै लोकार्पण गरेका थिए ।

कवि विप्लव प्रतीकले कृतिभित्रका केही हाइकु र कविता प्रस्तुत गरेका थिए । उनले वीरगञ्जसँगको पूरानो सम्बन्ध पनि स्मरण गरे । आफनाो लेखन यात्रा तथा कृतिका बारेमा विचार राखेका थिए ।

जर्मन भाषामा कृतिको नाम शाडेनफ्रोएडा राखिएको कवि प्रतीकको भनाइ छ । जर्मन भाषाको शाडेनफ्रोएडा को अर्थ भने अरुको पीडामा खुशी हुनु हो ।

उनकाअनुसार सबै किसिमका पिडाको अनुभूती र अपनत्व गर्ने खालको एउटै शब्द शाडेनफ्रोएडा हो । अरुको पीडामा आनन्दको भावनात्मक अनुभव लिनु नै शाडेनफ्रोएडाको अर्थ रहेको कवि प्रतीकले प्रष्ट्याए ।

कृतिको लोकार्पणसँगै कार्यक्रममा सहभागीहरुसँग अन्तरक्रिया समेत भएको थियो । इन्द्र भट्टराई , मनोज उपाध्याय, दिलीपराज कार्की,गुडी जोशी लगायतका ब्यक्तिहरुले कवि बिप्लव संग बिभिन्न जिज्ञासाहरु राखेका थिए ।

कार्यक्रममा ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले स्वागत मन्तव्य राख्दै कवि विप्लबकै कविता सुनाएका थिए ।

कार्यक्रमलाई समापन गर्दै साहित्यकार लाठले वीरगञ्जमा साहित्यिक गतिविध बढाउनुपर्नेमा जोड दिए ।

 

वीरगञ्जका विद्यालयहरुमा साहित्यप्रति अभिूची भएका प्रतिभाहरुले प्रष्फूटन पाउनकालागि कविता, गजल, हाइकु जस्ता रचनाहरुको प्रतियोगिता आयोजना गर्नुपर्ने आवश्यक्ता औँल्याए ।


कार्यक्रममा वीरगञ्जकै लेखक गिरीश गिरी, नेपाललयका टिम लिडर किरणकृष्ण श्रेष्ठ,नेकपा एसका नेता चीरन्जीवी आचार्य, प्राध्यापक इन्द्र भट्टराई नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का डा.सुष्मा तिवारी द्विवेदी, महिला उद्यमी गुड्डी जोशी, समाजसेवी नुतन सरावगी, लगायतको सहभागिता रहेको थियो ।

नेपाललयले प्रकाशन गरेको हाइकु संग्रह ‘शाडेनफ्रोएडा’ को लोकार्पण तथा अन्तरक्रिया कार्यक्रमको सहजीकरण पाठशाला नेपालका महासचिव के.सी. लामिछानेले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.