logo

पहलको पहलमा दुई महिला सहित २४६ जनाद्वारा रक्तदान

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २४ गते ०२: ३८ मा प्रकाशित     890   पटक पढिएको

वीरगन्ज कारागारका २२६ जना कैदीबन्दीहरुले रक्तदान गरेका छन् । कारागार भित्रै शनिबार आयोजना गरेको कार्यक्रममा दुईजना महिला सहित २२६ जनाले रक्तदान गरेका हुन् ।

पहल संस्था वीरगन्जको आयोजनामा भएको रक्तदानको पर्सा प्रमुख जिल्ला अधिकारी उमेश ढकालले रगतको पोका हस्तान्तरण गरेर उदघाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष दिलिप राज कार्कीले रगतको पोका ग्रहण गरी रक्तदान गरेर शुरु भएको कार्यक्रममा सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटर पर्साका सशस्त्र उपरीक्षक तेज प्रसाद पोखरेलले कैदी बन्दी संगै रक्तदान गरेका थिए।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, नेपाली सेना श्री जंग गण वीरगंजका प्रमुख कर्णेल जयराम थापा, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेत, प्रहरी नायव उपरीक्षक प्रहलाद कार्की, सामाजिक अभियन्ता प्रकाश थारु, महेश सिंह धामी लगायत रक्तसन्चार केन्द्रका प्राविधिक इन्चार्ज सौरभराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

अत्याधिक गर्मी र निर्वाचनको ब्यस्तताले रक्तदान कार्यक्रम कम भई रगतको चरम अभाव हुनबाट रोक्न कारागारमा समन्वय गरी रक्तदानको आयोजना गरेको संस्थाका अध्यक्ष दिलिपराज कार्कीले बताए । यसअघि पनि रगतको अभाव हुदा कारागारमा एक पटक ३१५ जना, दोश्रो पटक ३६६ जनाले रक्तदान गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.