logo

पहलको पहलमा दुई महिला सहित २४६ जनाद्वारा रक्तदान

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २४ गते ०२: ३८ मा प्रकाशित     749   पटक पढिएको

वीरगन्ज कारागारका २२६ जना कैदीबन्दीहरुले रक्तदान गरेका छन् । कारागार भित्रै शनिबार आयोजना गरेको कार्यक्रममा दुईजना महिला सहित २२६ जनाले रक्तदान गरेका हुन् ।

पहल संस्था वीरगन्जको आयोजनामा भएको रक्तदानको पर्सा प्रमुख जिल्ला अधिकारी उमेश ढकालले रगतको पोका हस्तान्तरण गरेर उदघाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष दिलिप राज कार्कीले रगतको पोका ग्रहण गरी रक्तदान गरेर शुरु भएको कार्यक्रममा सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटर पर्साका सशस्त्र उपरीक्षक तेज प्रसाद पोखरेलले कैदी बन्दी संगै रक्तदान गरेका थिए।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, नेपाली सेना श्री जंग गण वीरगंजका प्रमुख कर्णेल जयराम थापा, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेत, प्रहरी नायव उपरीक्षक प्रहलाद कार्की, सामाजिक अभियन्ता प्रकाश थारु, महेश सिंह धामी लगायत रक्तसन्चार केन्द्रका प्राविधिक इन्चार्ज सौरभराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

अत्याधिक गर्मी र निर्वाचनको ब्यस्तताले रक्तदान कार्यक्रम कम भई रगतको चरम अभाव हुनबाट रोक्न कारागारमा समन्वय गरी रक्तदानको आयोजना गरेको संस्थाका अध्यक्ष दिलिपराज कार्कीले बताए । यसअघि पनि रगतको अभाव हुदा कारागारमा एक पटक ३१५ जना, दोश्रो पटक ३६६ जनाले रक्तदान गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.