logo

काठ तस्कर र प्रहरीकावीच भिडन्त, प्रहरीले ठोक्यो गोली 

 इसीमाना सम्वाददाता     २०७८ भदौ २८ गते ०६: ४२ मा प्रकाशित     881   पटक पढिएको

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ४ फरदहवामा सोमवार बिहान प्रहरी काठ तस्करवीच दोहोरो भिडन्त भएको छ ।

 

सोही गाउँपालिकाको वडा नं १ सोनवर्षा भन्दा उत्तर तर्फ रहेको राष्ट्रीय बन क्षेत्रबाट अवैध रुपमा कटान गरिएको काठको टेना  फरदहवा हुदै दक्षीण तर्फ लैजाने क्रममा प्रहरीले रोक्न खोज्दा भिडन्त भएको स्थानीयले बताएका छन । उनीहरुले चारवटा सायकलमा टेना लोड गरेर लैजादै गरेका थिए । 


सोही वार्डको पथरैयामा रहेको इलाका प्रहरी कार्यालय पथरैयाको प्रहरी टोली बिरुद्ध तस्कर समुह जाइलागे पछि प्रहरीले फायरिङ खालेको थियो ।

 

तस्करसंगको भिडन्तमा प्रहरीले ३ राउण्ड हवाई फायर गर्नु परेको पर्साका प्रहरी प्रमुख बेल बहादुर पाण्डेले जानकारी दिनु भयो । 

घटनास्थलबाट  काठ तस्करीमा प्रयोग भएका दुई वटा मोटरसाइकल र दुई वटा ठूला गोलिया काठ बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नयव उपरिक्षक खनालले जानकारी दिए।

 

पटेर्वा सेगौलीको त्यस क्षेत्रमा गाँजा र काठको तस्करी बढदै गएको छ । त्यस क्षेत्रमा रहेका प्रहरी युनिटले इमान्दारीपूर्वक काम नगरेको भन्दै प्रहरीको आलोचना हुन थालेको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.