logo

ग्रिनसिटी सामुदायिकद्वारा प्रजिअ घिमिरेको विदाई

      12/5/2019 गते 00 00 मा प्रकाशित     928   पटक पढिएको

वीरगन्ज, १९ मंसिर । पर्साबाट सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर वीरगन्जले आज विदाई गरेको छ । वीरगन्जको आदर्शनगर स्थित ग्रिनसिटीको कार्यालयमा आज आयोजना गरिएको कार्यक्रममा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई सम्मान सहित विदाई गरिएको हो ।

पर्साबाट चितवनमा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी भट्टराई सामाजिक सेवामा पनि सक्रिय सहभागि भई सहयोग गर्नुभएको भन्दै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान सहितको पदाधिकारीहरुले दोसल्ला ओढाएर सम्मान सहित विदाई गरेको हो ।


विदाई कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक राजकुमार सिंह, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्ल, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु, प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटे मगर, सामाजिक अभियन्ता प्रकाश थारु, दिलिपराज कार्की लगायतको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

वीरगंज महानगरले छुट्टी बढायो, अव असार ६ मा बिद्यालयले खुल्ने

वीरगन्ज । वीरगंज महानगरपालिकाले बिद्यालयको छुट्टी बढाएको छ । यस अघि महानगरपालिका शिक्षा शाखाले असार १ गते आइतबारदेखि  बिद्यालय संचालन हुने गरि बिदा दिएको थियो ।

विकास र पुनर्निर्माणको विकल्प रास्वपा मात्रः सभापति पन्त

बहुदरमाई  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले देश समृद्धिको दिशामा अगाडि बढ्नका लागि नेपालवाद आवश्यक रहेको बताए ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.