logo

कोहडीमा टोलबिकास संस्था गठन

      4/23/2017 गते 00 00 मा प्रकाशित     1455   पटक पढिएको

वीरगन्ज, १० बैशाख
    पर्साको साविक उदयपुरघुर्मी गाविस हालको वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर २७ मा स्थानीयको सहभागीतामा दुईवटा टोल विकास संस्था गठन भएको छ । युनिसेफको सहयोग र वीरगन्ज उपमहानगरपालिकाको अगुवाईमा एकै पटक दुईवटा टोल विकास सस्था गठन भएको हो । आफ्नो टोलका सरसफाइ लगायत वास्तविक समस्या पहिचान गरी विकासको गतिमा तीव्ररुपले अगाडी बढाउन स्थानीय नै अग्रसर हुनुपर्ने संघिय नियम अनुसार नगरका सबै वडाहरुमा स्थानीयकै सहभागीतामा टोल विकास संस्था गठन गरिएको वीरगन्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत पिताम्बर अधिकारीले बताए । उदयपुरघुर्मीको कुहडी टोलमा गठित दुईवटा टोल विकास संस्थामा रामरहिम टोल विकास संस्था र बजरंग टोल विकास संस्था रहेको उनको भनाइ छ । निर्विरोध गठन भएका टोल विकास संस्थामा रामरहिम टोल विकास संस्थाको अध्यक्ष महमद अलि हुसेन र बजरंग टोल विकास संस्थाको अध्यक्ष धनन्जय यादव रहेका छन् । उनीहरुको नेतृत्वमा ११ ⁄११ सदस्य कमिटि निर्विरोध गठन भएको वीरगन्ज उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख सुनिल कर्णले बताएका छन् । सो संस्थाको गठनमा कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष केसी लामिछाने, उपाध्यक्ष मायामितु न्यौपाने सह सचिव आर.के पटेल पत्रकारहरु बिजय भण्डारी रितेश त्रिपाठप् वीरगन्ज उपमहानगरपालिकाका राजकृष्ण ताम्राकार, साविक उदयपुर गाउ विकास समितिका पूर्व अध्यक्ष नागेन्द्र यादव, एमालेका स्थानीय नेता प्रभु पासवान, उदयपुरघुर्मी वडाका वडा सचिव दिपेन्द्र पटेल, सो वडाका सामाजिक परिचालक राज बहादुर यादव लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा टोल बिकास संसंस्थाको उद्धेश्यमाथि सामाजिक बिकासका ज्ञाता तवरेज अहमदले प्रकाश पारेका थिए । टोल किास संस्थाको माध्यमले स्थानीय स्तरमा सरसफाईमा बिशेष ध्यान दिन आफना समस्याहरुको हलका निम्ति पहल लिन स्थानीय समुदाय अग्रसर होउन भन्ने उद्धेश्यले काम गरिएको परामर्शदाता महेश अर्यालले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.