logo

उपमहानगर प्रमुखले सार्वजनीक पोखरीमा झण्डा गाडे

      4/24/2017 गते 00 00 मा प्रकाशित     1717   पटक पढिएको


वीरगन्ज, ११ बैशाख । राजनीतिमा अन्य कसैको जग्गा जमिनमा झण्डा गाडेर कब्जा गरेको घोषणा गरिने अभ्यास एकताका खुबै चलेको थियो । त्यही झल्को दिने गरी बीरगंज उपमहानगरपालिकाको वडा नं १२  मा रहेको मुर्ली पोखरीको डिलमा सोमवार बीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले झण्डा गाडे । तर त्यो झण्डा पोखरी कब्जाको घोषणाकोलागि नभई पोखरीलाई सफा राख्ने सन्देश प्रवाहका लागि थियो । पहेलो कपडमा बनाइएको झण्डामा खुलादिशामुक्त क्षेत्र लेखिएको छ । बीरगंज उपमहानगरपालिकाले बीरगंजमा रहेको पोखरी ,नदी र नालाको सफाई अभियान शुरु गर्दै पोखरीको डिलमा झण्डा गाडिएको हो  ।

बीरगंज उपमहानगरपालिकाको वडा नं १२ मा रहेको मुर्ली पोखरीबाट लोकतन्त्र दिवसको अवसर पारेर झण्डा गाडदै पोखरीको  सरसफाई गरेर सरसफाई अभियान शुरु भएको हो । बीरगंजमा उपमहानगरको स्वामित्वमा ४५ वटा साना ठुला पोखरीहरु रहेका छन । पोखरी सफाईको नौ दिने अभियानको कार्यायोजना बनाएर सफाई कार्यक्रम शुरु गरिएको सरसफाई बिज्ञ तवरेज अहमदे जानकारी दिए । सफाई अभियानमा स्थानीय टोल बिकास संस्थाका पदाधिकारी सदस्य , वडा नागरिक मंच र नागरिक सचेतना केन्दका पदाधिकारी र सदस्यहरुको सहभागितामा कार्यक्रम संचालन भएको हो ।

पानीको स्रोतको रक्षा र अन्य आवश्यकताको आपूर्तीकालागि पोखरीको महत्व रहेकोले स्थानीय समुदायलाई पोखरी संरक्षणयमा सहभागि हुने वतावरण बनाउन अभियान संचालन गरेको उपमहानगरका कार्यकारी अधिकृत अधिकारीले बताए । पहिला पिउने पानीको स्रोतको रुपमा पोखरी रहे पनि अहिले पोखरीको डिलमा दिशा गर्ने र पोखरी फोहर बिर्सजन गर्ने प्रवृति बढेकोले अभियानको आवश्यकता भएको सफाई बिज्ञ तवरेज अहमदको भनाई छ ।


तराईमा नदी प्रवाह नभएको ठाउमा छठ पूजाको निम्ति पोखरीको महत्व अति छ । उदाउदो र अस्ताउदो सूर्यलाई जलमा उभिएर अर्घ दिने भएकोले पोखरीको महत्व धार्मिक रुपमा पनि छ तर त्यसको सरसफाई भने चाडको बेलामा मात्र हुने अवस्था छ । पोखरीलाई हर हमेशा सरसफाईयुक्त राख्न स्थानीय उपभोक्ता जागरुक बनाउन अभियानले अर्थराख्ने परामर्शदाता महेश आर्यालको भनाई छ । ९ दिनमा सबै पोखरीमा अभियान पुग्ने गरी काम भइरहेको बीरगंज उपमहानगरपालिका समाजिक बिकास महाशाखाका प्रमुख सुनील कर्णले बताए ।

मुर्ली पोखरी टोल बिकास संस्थाका अध्यक्ष शाजीद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष के.सी.लामिछाने महासंघका सह सचिव आर.के पटेल नागरिक सचेतना केन्द्रका अध्यक्ष आयशा खातुन निर्वतमा वडा अध्यक्ष योगेन्द्र साह कानु र वडा नागरिक मंचका अध्यक्ष बीरेन्द्र महतो कौशीला कार्की संचारकर्मीहरु प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बृजलाल पासवान, नेपाल प्रेस युनियनका उपाध्यक्ष बिजय चौहान माधुरी महतो बिजय भण्डारी लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.