logo

हिमालय चिनी मिलमा उखु अभाव

      4/28/2017 गते 00 00 मा प्रकाशित     1324   पटक पढिएको

लहान, १६ वैशाख । सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिलमा चिनी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उखुको अभाव हुँदा समस्यामा परेको छ ।
 

आवश्यकतानुसार उखु पर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा चिनी उत्पादन समेत घटेको उद्योगले जनाएको छ । जिल्लाकै पहिलो र एक मात्र चिनी मिलको रुपमा सञ्चालित चिनी मिलले गत २०७३ मङ्सिर २० देखि चिनी उत्पादन गर्न थालेको छ । दैनिक २५ लाख मेट्रिक टन उखु चाहिए पनि अहिले दैनिक पाँच लाख मेट्रिक टन उखु मात्र आपूर्ति हुने गरेकाले उद्योग सञ्चालनमा समस्या भइरहेको चिनी मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जानकारी दिनुभयो ।
 

मागअनुसारको उखु उपलब्ध नहँुदा दैनिक मिल सञ्चालनमा समस्या हुनाको साथै लक्ष्यअनुसार चिनी उत्पादनसमेत घटेको प्रबन्धक यादवको कथन छ । “चाहिए जतिको उखु नपाउँदा उद्योग समस्यामा परेको छ”, उहाँले भन्नुभयो– “उखुको आभावका कारण हप्तामा दुई तीन मात्र उद्योग सञ्चालन गर्ने गरेका छौँ ।”
 

देशभरिका १३ चिनी मिलमध्ये सो चिनी मिलमा मात्र गुणस्तरीय चिनी उत्पादन गर्ने उपकरण रिफायनरिङ जडान गरिएको मिल व्यवस्थापनले जिकिर गरेको छ ।
 

दैनिक २५ हजार क्विन्टल चिनी उत्पादन गर्ने क्षमता रहेको उक्त मिलले हालसम्ममा ४७ हजार क्विन्टल चिनी उत्पादन गरी बिक्री गर्न सफल भएकोे मिल व्यवस्थापनले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.