logo

नेकपा एमाले, तलदेखी माथि सम्म जनाधार नभएका नेताहरु बिभाजनको पक्षमा ,उनीहरुमै छ पार्टी फूटाउने हतारो

      6/12/2021 गते ००: ०० मा प्रकाशित     1002   पटक पढिएको

विभाजनको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको सत्तारुढ एमालेमा यतिबेला दोस्रो तहका केही नेताहरू एकता जोगाउने अन्तिम कसरतमा छन् । तर, केही नेताहरू भने पार्टी एकतामा बखेडा झिक्न र पार्टी फुटाउन हतारिईरहेका छन् । 

असन्तुष्ट माधव नेपाल पक्षका ती नेताहरूले नयाँ पार्टी खोल्न हतार गर्दैछन्, जसको भूगोलमा कुनै जनाधार छैन ।

अहिले एमाले कलहको मूल स्रोत शीर्ष नेताद्वय केपी ओली र माधवकुमार नेपाल हुन् । तर, अरु नेताहरूले त्यसमा मलजल गरिरहेका छन् । एमालेबाट विद्रोह गरिहाल्नुपर्ने अडानमा छन्, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, अमृत बोहोरा, बेदुराम भुसाल, रघुजी पन्त, जगन्नाथ खतिवडा, विजय पौडेल र रामकुमारी झाँक्री । यी नेतामध्ये रावल र शाक्य बाहेक अरु कसैको पनि बलियो जनाधार देखिँदैन । 

नेपाल पक्षका पुराना नेताहरूको विगतमा पार्टी निर्माणमा योगदान त छ, तर वर्तमानमा पार्टी र भूगोल दुबैमा पकड देखिँदैन । उनीहरूकै नेतृत्वमा नयाँ पार्टी हुर्किने अवस्था पनि तत्काल देखिँदैन । नयाँ पुस्ताका लागि यी अनुहार आउट डेटेड भइसकेका छन् । 

युवराज ज्ञवाली ,यस्ता नेता हुन्, जसले कहिल्यै प्रत्येक्ष निर्वाचन जितेनन् । पञ्चायती कठिन समयमा संगठन बिस्तार गर्न दाङ पुगेका उनी त्यतै बसे । तर, अहिलेसम्म बलियो निर्वाचन क्षेत्र बनाउन सकेनन् । गुटगत प्यानलका कारण आठौँ महाधिवेशनमा सचिव र नवौँबाट उपाध्यक्ष निर्वाचित भएका उनको पार्टी पङ्ती र भूगोलमा पकड देखिँदैन । 

मुकुन्द न्यौपाने तत्कालीन मालेका संस्थापक नेतामध्ये एक हुन् । बहुदलीय व्यवस्था पुनःस्थापनापछि भने उनी मजदूर संगठनमा खुम्चिए । २०५१ यता चुनावी प्रतिस्पर्धामा उत्रिएका छैनन । 

त्यस्तै, अमृत बोहोरा बारम्बार संसदीय निर्वाचनमा उम्मेदवार त भए, तर संसदीय राजनीतिमा सफल हुन सकेनन् । पार्टीका कार्यकारी पदमा पनि उनी पुगेनन् । बोहोरा नवौँ महाधिवेशनबाट पार्टीको अनुशासन आयोग अध्यक्षमा निर्वाचित भए । उनी खारिएका कम्युनिस्ट नेतामा पर्छन्, तर जनाधार भने निकै कमजोर छ । 

बेदुराम भुसाल मार्क्सवादका राम्रा प्रशिक्षक हुन् । तर, न संगठक हुन्, न त जनाधार भएका नेता । उनले अहिलेसम्म प्रत्यक्ष निर्वाचन सामना गरेका छैनन् ।

 

तल जिल्लाहरुमा अवस्था त्यस्तै छ । पर्सा  जिल्लामा पनि पुराना नेताहरु माधव नेपाल पक्षमा छन तर उनीहरुसंग जनमत छैन ।

 

उनीहरुनै पार्टी अध्यक्ष के.पी.ओली बिरुद्ध निकै आक्रमक देखिएका छन । रामचन्द्र साह पटक पटक सांसद र प्रदेश सभाको निर्वाचनका उम्मेदवार भए तर निर्वाचन जित्न सकेका छैनन ।

 

नागेन्द्र चौधरी पार्टीको पोलिटब्युरो सदस्य हुन । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पटक पटक पार्टीले टिकट दिए पनि उनले समेत निर्वाचन जित्न सकेका छैनन । पार्टीको माधव नेपाल पक्षको जिल्लाको अध्यक्षको जिम्मेवारी लिएका बालगापाल थापा पार्टी पंक्तिमा बैचारिक नेताको रुपमा स्थापित छन ।

 

तर जनताको वीचमा उनको पनि पकड छैन । संबिधान सभाकामा निर्वाचन जितेका बिचारी यादवलाई जनाधार भएको नेता मान्ने हो भने नेपाल समुहमा यादव मात्रै त्यस्ता ब्यक्ति छन जसले धेरथोर जनपरिचालन गर्न सक्छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.