logo

महिलाका बिषयमा प्यानल छलफल सम्पन्न, बिशिष्ठ योगदान दिने महिलाहरु सम्मानीत

 इसीमाना सम्वाददाता     २०८२ भदौ ६ गते ०९: ०१ मा प्रकाशित     140   पटक पढिएको

वीरगंज । मध्य नेपाल प्रा.ली.ले संचालन गरेको पोडकास्टको १ सय अंक पुगेको अवसरमा वीरगंजमा भब्य कार्यक्रम सम्पन्न भएको छ । 

 


क्लासिक ब्याक्वेटमा आयोजना गरिएको कार्यक्रममा “नेतृत्वमा के चाहन्छन महिला” बिषयक  प्यानल छलफल सम्पन्न भएको छ ।

 

कार्यक्रममा नेकपा एमाले पोलिट ब्यूरो सदस्य ,प्रतिनिधि सभाका सदस्य एवं पूर्व मन्त्री ज्वाला साह, राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्ष शेख चाँद तारा, संचारिक समुहका मधेश प्रदेश अध्यक्ष सुनिता बराल एवं उद्यमी महिला स्वेता गुप्ताले  प्यानल छलफलमा सहभागि थिए । छलफलको संचालन मध्य नेपाल मिडिया प्रालीका सम्पादक कविता खड्काले संचालन गरेकी थिइन ।


प्यानल छलफलमा सहभागिहरुले हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता, महिलाले भोग्नु परेका समस्या, समाजले हेर्ने दृष्टिकोण , महिलाको हितमा भएका उपलब्धीपूर्ण कामहरुको बिषयमा प्रकाश पारेका थिए । 

 


कार्यक्रममा समाजिक क्षेत्रमा बिशिष्ट योगदान दिएका मध्य वीरगंज महानगरपालिकाका पूर्व उपप्रमुख सुश्री शान्ति कार्की, पवित्रा गजुरेल, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, सीमराकी सहकारीकर्मी अनता लम्साल,लाई अवाृड प्रदान गरिएको थियो ।

 

कार्यक्रममा दलित महिलाको हक हितका निम्ति क्रियाशिल निला राम ,दीप ज्योती श्रेष्ठ, पूर्णिमा कडेल, डा. मोनिका सिंह लगायतलाई सम्मान गरिएको थियो । कविता खडकाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार लक्ष्मी खरेलले गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.