logo

मधेशमा बिपक्षीको एक अवाज सुखाग्रस्त प्रदेशका किसानकालागि राहत ल्याउन माँग

 इसीमाना सम्वाददाता     २०८२ सावन १६ गते ०९: ०० मा प्रकाशित     419   पटक पढिएको

जनकपुर । मधेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन नसकेको भन्दै बिपक्षीदलले सरकारको ध्यानाकर्षण गराएका छन ।

 

जसपा नेपाल मधेस प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज यादवको अध्यक्षतामा बसेको विपक्षी दलहरूको बैठकले प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो ।

 

 सो निर्णयअनुसार जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका प्रतिनिधिहरूको टोलीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।


ध्यानाकर्षण पत्रमार्फत विपक्षी दलहरूले किसानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न, कृषि ऋणमा सहुलियत दिलाउन संघीय सरकारसँग समन्वय गर्न, तत्काल सिँचाइको व्यवस्था गर्न र मल–खाद्य वितरणमा पारदर्शिता कायम गर्न माग गरेका छन् ।

 

त्यस्तै, सतही तथा भूमिगत जलस्रोतको उपयोगका लागि नदी, नाला, पोखरी लगायतका जलाशयहरूको मर्मत तथा नयाँ जलाशय निर्माण, चुरे वन क्षेत्रको संरक्षण र खानेपानीको समस्या समाधान गर्न विशेष पहल गर्न आग्रह गरिएको छ ।

 

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा जसपा नेपालका सरोज यादव, माओवादी केन्द्रका युवराज भट्टराई, एकीकृत समाजवादीका कनिष पटेल, राप्रपाका कञ्चन विच्छा र संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरन्नुम सहभागी थिए ।

 

ध्यानाकर्षण पत्र ग्रहण गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले विपक्षी दलहरूको सुझावलाई सरकारसँगको सहकार्यको रूपमा लिएको बताउँदै सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.