logo

कलैयाका चर्चित राजनीतिज्ञ साह र गुप्त जनमतमा प्रवेश,जनमत कैकल्पीक शक्तिको रुपमा अगाडि बढ्दै

 इसीमाना सम्वाददाता     २०८२ सावन ५ गते ०६: २० मा प्रकाशित     540   पटक पढिएको

कलैया । संबिधान सभाका सदस्य प्रमोद गुप्ता एवं  प्रदेश सभाका पूर्व सदस्य पारस प्रसाद साह सोमवार कलैयामा आयोजीत एक कार्यक्रकावीच जनमत पार्टीमा प्रवेश गरेका छन ।

 

 पार्टी अध्यक्ष डा. सी.के.राउतले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन । 


पार्टी प्रवेश कार्यक्रममा  अध्यक्ष डा. सिके राउतले नवप्रवेशीहरूलाई जनमत पार्टीको सिद्धान्त र लक्ष्यप्रति प्रतिबद्ध भएर काम गर्न अपिल गरे । उनले देश र जनताको सेवाका लागि जनमत पार्टी सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता पनि व्यक्त गरे।

 

 नवप्रवेशी नेताले जनमत पार्टीको एजेन्डा र डा. राउतको नेतृत्वबाट प्रभावित भई पार्टी प्रवेश गरेको बताएका छन्।

 

 लामो समयदेखि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा आबद्ध रहेका यी दुई नेताको बहिर्गमन मधेसको परम्परागत राजनीतिक शक्तिहरूको विघटन र नयाँ वैकल्पिक धारहरूको उदयतर्फ संकेत गर्छ।


नेपालको मधेस केन्द्रित राजनीति पछिल्ला दशकमा दुविधा र असन्तुष्टिले भरिएको छ। महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो जस्ता पुराना नेताहरूको प्रभावका बीच नयाँ पुस्ता र स्थानीय नेतृत्वमा निराशा बढ्दै गएको थियो।

 

लोसपा, जसपा,  जस्ता पार्टीहरूबीचको निरन्तरको फुट र मिलनले जनतामा पार्टी र नेतृत्वप्रति वितृष्णाु पैदा गरिरहेको थियो।

 

यस्तो सन्दर्भमा सीके राउतको नेतृत्वमा आएको जनमत पार्टी एक वैकल्पिक शक्ति बनेर उदाएको छ — जुन स्पष्ट विचारधारा, सुदृढ संगठन, र युवामुखी नीतिसँगै अगाडि बढिरहेको छ।

 

प्रमोद गुप्ता र परश प्रसाद साहको प्रवेश जनमतको विस्तारित प्रभाव क्षेत्र, विशेषतः मधेस भित्रको पुरानो राजनीतिक सञ्जालमा पहुँच, सुदृढ संगठनात्मक विस्तार र नेताहरूमा समेत उत्पन्न भएको अवस्था देखाउँछ।

 

गुप्ता र साह दुबैले हालका पार्टीहरूप्रति निराशा, नेतृत्वको गम्भीर अभाव, तथा संगठनात्मक विघटनलाई आफ्नो बहिर्गमनको कारणका रूपमा देखाएका छन्। 

 

विशेष गरी तराई(मधेसका पुराना निर्वाचन क्षेत्रहरूमा प्रभावशाली नेताहरूले जनमत रोज्न थालेपछि २०८४ को निर्वाचनमा जनमतले दोस्रो पुस्ताका मधेसी नेताहरूलाई संगठित गर्दै बलियो वैकल्पिक ध्रुव निर्माण गर्नसक्ने प्रक्षेपण देखिन्छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.