logo

नक्कली कागजातको भरमा अदालतमा रोक्का रहेको जग्गा बिक्री गर्ने चौधरी पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ सावन १ गते ०५: ३४ मा प्रकाशित     1049   पटक पढिएको

बारा । बारा जिल्ला अदालतको लेटरप्याड, छाप र दस्तखत किर्ते गरी अदालतको नाममा नक्कली फुकुवा पत्र बनाएर रोक्का राखेको जग्गा बिक्री गरेको आरोपमा संजित चौधरी पक्राउ परेका छन्।

 

जितपुर सिमरा उपमहानगरपालिका–१ निवासी मोति धामी थारुको छोरा संजित चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा अनुसन्धानका लागि बुझाइएको हो।

 

बारा जिल्ला अदालतका श्रेस्तेदार लालबहादुर कार्कीका अनुसार, चौधरीले अदालतको लेटरप्याड, चलानी नम्बर, छाप र श्रेस्तेदारको दस्तखत स्क्यान गरेर किर्ते फुकुवा पत्र तयार गरेका थिए। सोही पत्रको आधारमा बारा मालपोत कार्यालय सिमराबाट कित्ता नम्बर ५४३ को ०–७–० क्षेत्रफलको जग्गा फुकुवा गराई दिपेन्द्र कुमार गुप्तालाई बिक्री गरेका थिए।

 

उक्त जग्गा  पवन साहले चन्द्रिका धामीसंगको लेनदेन ब्यवहार नमिलेका कारण अदालतको आदेशमा जग्गा रोक्का गराएका थिए । त्यही जग्गा नक्कली कागजात तयार गरेर चौधरीले बिक्री गरेका थिए ।

 

 चौधरीले अदालतको पुरानो फुकुवा पत्रमध्ये एकको प्रतिलिपि पाएर त्यसको आधारमा मिल्दोजुल्दो व्यहोरा टाइप गरी अदालतको लोगो, छाप र दस्तखत स्क्यान गरेर किर्ते कागजात तयार गरेको स्वीकार गरेका छन्।

 

तर यस कार्यमा संलग्न देखिएका उनका बुवा मोति धामी थारु भने  फरार छन्।प्रहरीले चौधरी बिरुद्ध अनुसन्धान शुरु गरेको जनाएको  छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.