logo

प्रतिपक्षीदलको बहिष्कारकावीच मधेश प्रदेशको बजेट सर्वसम्मतीले पास

 इसीमाना सम्बाददाता     २०८२ असार ३० गते ०६: २९ मा प्रकाशित     206   पटक पढिएको

जनकपुरधाम । प्रतिपक्षी बिहिन अवस्थामा मधेश प्रदेश सभाले बजेट पास गरेको छ । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पेश गरेको बजेट सर्व सहमतिले पारित गरेको छ ।

 

मधेश प्रदेश सभाको बैठकलाई प्रतिपक्षी दलको बहिष्कारका बीचमा प्रदेश सभाको बैठकले विनियोजन विधेयक २०८२ सर्व सहमतिले पारित गरेको हो ।

 

अर्थमन्त्री सुनिलकुमार यादवले विनियोजन विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाको बैठकमा पेश गरेपछि ध्वनि मतको आधारमा सर्व सम्मतिले पारित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभयो ।

 

मधेस प्रदेश सभामा १० दल रहेकोमा जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सम्मिलित रहेको छ ।

 

बाँकी रहेका ६ दलहरू जनता समाजवादी पार्टी, नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपाल प्रतिपक्षमा रहेका छन् । प्रतिपक्षी सबैले बिनियोजन बिधयेक माथिको छलफल बहिष्कार गरेका थिए । 

 

अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते प्रदेश सभाको बैठकमा पेश गरेको ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार बराबरको आय व्यय सहितको बजेट प्रदेश सभाले पारित गरेको हो ।

 

यस अघि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित विभिन्न मन्त्रालयका विषयमा उठेका जिज्ञासाका विषयमा मुख्यमन्त्री सतिश कुमार सिंह सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

जसपाको समर्थन फिर्तासँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ।

खाद्य संस्थान जनकपुरलाई धान नबेचेका किसनले गहुँ पनि बिक्री गरेनन्

जनकपुरधाम ।  संघीय सरकारको स्वमित्वमा रहेको खाद्य संस्थानलाई किसानले गहु नबेच्ने भएका छन । बजार मूल्यभन्दा कम रकम पाउने भएपछि किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ नबेच्ने भएका हुन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.