मधेश सरकारको देखीने काम,तीन सय बीस किमी कालोपत्रे सडकको प्रम ओलीले शिलान्यास गर्ने
इसीमाना सम्वाददाता
२०८२ जेठ १७ गते ०१: १८ मा प्रकाशित
853 पटक पढिएको
जनकपुरधाम । मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको तयारी पूरा भएको छ।
मधश सरकारका भौतीक पूर्वाधार मन्त्री सरोज यादवले नयाँ सडक निर्माणका लागि आवश्यक सबै प्रशासनिक प्रक्रिया पूरा भइसकेको बताए ।
३ सय २० किलोमिटर कालोपत्रे सडक निर्माणकालागि १३ अर्ब ५० करोड रुपियाँ विनियोजन गरिएको छ ।
यसले ग्रामीण क्षेत्रलाई शहर संग जोड्ने र स्थानीय विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १८ गते (आईतबार) जनकपुरधामबाट यस योजनाको डिजिटल शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।
यस योजनाअन्तर्गत मधेश प्रदेशका ६४ वटै प्रदेशसभाका निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले कुल ३ सय २० किलोमिटर कालोपत्रे सडक निर्माण गरिनेछ।
भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले यो योजना मन्त्रालयको मात्रै नभई सम्पूर्ण मधेश प्रदेशबासीको भएको बताएका छन्। उनले यो योजनालाई प्रदेशको गौरबको योजना भएको समेत बताए ।
प्रदेश सरकारहरुले एकै पटक करिव १४ अर्वको लागतको योजनाको शिलान्यास गर्ने यो पहिलो कार्यक्रम पनि हो । यस अघि प्रधानमन्त्री के.पी.ओली हुदा नै स्वास्थ्य केन्द्र सहित अन्य योजनाहरुको डिजिटल शिलान्यास भएको थियो ।
मधेश प्रदेश सरकारको यो योजनालाई पनि महत्वपूर्ण र सरकारको देखिने कामको रुपमा मधेशवासीले बुझेका छन ।
यस सडक निर्माणबाट कृषि उत्पादन बजारसम्म पुर्याउन सजिलो हुने, आपतकालीन सेवा सहज हुने, रोजगारी सिर्जना हुने, व्यापार, पर्यटन तथा स्थानीय उद्योगधन्दा प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास गरिएको छ।
शिलान्यास कार्यक्रम जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा आयोजना हुने मन्त्री यादवले जनाएका छन ।
मन्त्री यादवले यस्ता योजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। यस योजनाले जनतालाई प्रत्यक्ष लाभ पुर्याउने भएकाले सन्देशमूलक बनाउन जरुरी रहेको उनको भनाइ छ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
तपाईको प्रतिक्रिया