logo

एमालेले मधेशका ६० हजार कार्यकर्तालाई बिचारले सुसज्जीत बनाउन पार्टी स्कूल चालाउने

 इसीमाना सम्वाददाता     २०८२ जेठ १६ गते ०६: २३ मा प्रकाशित     918   पटक पढिएको

बर्दिवास । नेकपा एमालेले मधेश प्रदेशले बैचारिक प्रशिक्षणलाई बिशेष अभियानको रुपमा संचालन गर्ने भएको छ । पार्टी स्कूल बिभागले मधेशको बर्दिवासमा आयोजना गरेको स्कूल संचालन सम्बन्धी कार्याशालाले प्रशिक्षण अभियान संचालन गर्ने भएको हो । पार्टीले ६० हजार पार्टी सदस्यलाई बैचारिक प्रशिक्षणको अभियानमा जोडने भएको हो ।  

 

एमाले मधेश प्रदेश समितिको आयोजना र केन्द्रिय पार्टी स्कूल विभागको सहयोगमा बर्दिवासमा आयोजना गरिएको २ दिने प्रदेश स्कूल सञ्चालन सम्बन्धि कार्यशालामा यस्तो घोषणा गरिएको हो । नेकपा एमालेका उपमहासचिव तथा केन्द्रिय स्कूल विभाग प्रमुख प्रदिप ज्ञावालीको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यशाला जेठ १६ र १७ गते दुइदिन सम्म चल्ने छ ।

 

पार्टिले उच्च तह, माध्यमिक तह र आधारभुत तह गरि तीन खालका स्कूल सञ्चालनको अवधारणा ल्याएको छ  ।  आधारभूततहको प्रशिक्षणका लागि कार्यशालाको आयोजना गरिएको एमाले मधेश प्रदेश कमिटिका सचिव मनोज पौडेलले जानकारी दिए ।


 मार्क्सवादी दर्शन, समाजवादी अर्थ व्यवस्था, समाजवादको आधार, समाजवाद, राज्य र कम्युनिष्ट पार्टीका बारेमा मधेश प्रदेशमा रहेका ६० हजार पार्टी सदस्यलाइ प्रशिक्षण दिइने पौडेलले बताए । कार्यशाला गोष्ठीमा बोल्दै उपमहासचिव ज्ञावालीले सरकारले गरेका राम्रा कामको बारेमा जनतालाई जानकारी गराउन नसकिएको बताए ।

 

उनले लोकतन्त्र आएपछी मुलुक समृद्धिको दिशा तर्फ अघिबढेको उल्लेख गर्दै राजा ल्याउछु भन्ने कुरा दिउसै देख्ने सपना भएको बताए । उनले लोकतन्त्रको विकल्प राजतन्त्र नहुने स्पष्ट पारे ।

 

 त्यसैगरि कार्यक्रमा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, केन्द्रिय स्कूल विभाग सचिव घनश्याम कोइराला, सदस्य रामशरण प्याकुरेल, शंकर महतो लगायतकाले आ–आफ्ना बिचार प्रस्तुत गरेका थिए ।

मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा प्रदेश सचिव मनोज पौडेलको सहजीकरण भएको कार्यक्रममा र स्वागत उपाध्यक्ष बिचारी यादवले गरे ।

 

 सो कार्यशाला गोष्ठीमा प्रदेश इचार्ज, प्रदेश पदाधिकारी, प्रदेश स्कूल विभागका सदस्य, जिल्ला इन्चार्ज अध्यक्ष स्कूल विभाग प्रमुख, जनसङगठनका प्रदेश अध्यक्षको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

जनकपुरधाममा मोटरसाइकल दुर्घटनामा ट्राफिक प्रहरी  हवल्दार महतोको मृत्यु

जनकपुरधाम । धनुषामा सोमबार भएको सवारी दुर्घटनामा एक महिला ट्राफिक प्रहरीको ज्यान गएको छ।

निर्वाचन हुन १० दिन बाँकी, आचारसंहिता उल्लङ्घन नगर्न स्थानीय जनप्रतिनिधिलाई आयोगको चेतावनी

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोग ले स्थानीय तहका जनप्रतिनिधिलाई आचारसंहिता विपरीत कुनै पनि दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारमा संलग्न नहुन आग्रह गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.