logo

कृष्ण सेन स्मृति सम्मान पत्रकार देवकोटालाई

 इसीमाना सम्वाददाता     २०८२ जेठ १५ गते ०८: ०७ मा प्रकाशित     1040   पटक पढिएको

वीरगन्ज । जनपक्षीय पत्रकारिताका योद्धा कृष्ण सेन ‘इच्छुक’ को २३औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

यस वर्षको ‘कृष्ण सेन स्मृति सम्मान’  पत्रकार गोविन्द देवकोटालाई  र प्रेस सेन्टर नेपाल क्रियाशील पत्रकारिता पुरस्कार  रितेन्द्र झा लाई प्रदान गरिएको हो। वीरगन्जमा आयोजित एक कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरी र महासचिव मनोज घर्ती मगरले उनीहरुलाई सम्मानित गरे ।पुरस्कार २१ हजार राशीको रहेको छ ।

 

पुरस्कार छनोट समितिले गोविन्द देवकोटालाई पर्सामा क्रान्तिकारी पत्रकार संघ स्थापना गर्न र जनपक्षीय पत्रकारितामा योगदान पुर्‍याएकोमा तथा रितेन्द्र झालाई प्रेस सेन्टरको संस्था निर्माणमा र जनपक्षीय पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा छनोट गरेको थियो।

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेस स्वतन्त्रता र सत्यतथ्यमा आधारित पत्रकारिताको महत्वमाथि वक्ताहरूले जोड दिएका थिए।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारी, केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछाने ,पूवृ सचिव दीपेन्द्र चौहान , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष हरि गौतम सेन्टर मधेशका अध्यक्ष निरज पिठाकोटे  लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

 

सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अजित भूजेलले गरेका थिए । कार्यक्रममा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्र,महासंघका प्रदेश सचिव दीपक गौतम लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.