logo

कृष्ण सेन स्मृति सम्मान पत्रकार देवकोटालाई

 इसीमाना सम्वाददाता     २०८२ जेठ १५ गते ०८: ०७ मा प्रकाशित     702   पटक पढिएको

वीरगन्ज । जनपक्षीय पत्रकारिताका योद्धा कृष्ण सेन ‘इच्छुक’ को २३औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

यस वर्षको ‘कृष्ण सेन स्मृति सम्मान’  पत्रकार गोविन्द देवकोटालाई  र प्रेस सेन्टर नेपाल क्रियाशील पत्रकारिता पुरस्कार  रितेन्द्र झा लाई प्रदान गरिएको हो। वीरगन्जमा आयोजित एक कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरी र महासचिव मनोज घर्ती मगरले उनीहरुलाई सम्मानित गरे ।पुरस्कार २१ हजार राशीको रहेको छ ।

 

पुरस्कार छनोट समितिले गोविन्द देवकोटालाई पर्सामा क्रान्तिकारी पत्रकार संघ स्थापना गर्न र जनपक्षीय पत्रकारितामा योगदान पुर्‍याएकोमा तथा रितेन्द्र झालाई प्रेस सेन्टरको संस्था निर्माणमा र जनपक्षीय पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा छनोट गरेको थियो।

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेस स्वतन्त्रता र सत्यतथ्यमा आधारित पत्रकारिताको महत्वमाथि वक्ताहरूले जोड दिएका थिए।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारी, केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछाने ,पूवृ सचिव दीपेन्द्र चौहान , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष हरि गौतम सेन्टर मधेशका अध्यक्ष निरज पिठाकोटे  लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

 

सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अजित भूजेलले गरेका थिए । कार्यक्रममा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्र,महासंघका प्रदेश सचिव दीपक गौतम लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.