logo

बाँकेमा भूमिहीन दलित र सुकम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिदै

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १२ गते ०७: ०९ मा प्रकाशित     945   पटक पढिएको

बाँके । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित र सुकमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको छ। 

मंगलबार नेपालगञ्जमा बसेको सर्वदलीय बैठकबाट यही वैशाख २० गते भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई तयार पारिएका जग्गाधनी प्रमाण पूर्जा कोहलपुर नगरपालिका वडा नम्बर १ बाट वितरण गर्ने तयारी गरेको आयोगका जिल्ला अध्यक्ष घननाथ खनालले जानकारी दिए। 

भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले त्यसका लागि हालसम्म करिब पाँच सय ६३ लालपुर्जाको प्रमाणीकरण भएको जानकारी दिए ।

बाँकेका आठ स्थानीय तहमध्ये डुडुवा गाउँपालिकाबाहेक सबै स्थानीय तहमा लालपुर्जा वितरणका लागि काम भइरहेको छ । कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिकाका केही वडामा लगत सङ्कलन, जानकी र नरैनापुरमा जग्गाको नापी कार्य जारी छ ।

‘सर्वदलीय वैठकबाट प्रधानमन्त्री वा विभागीय मन्त्रीको उपस्थितिमा कोहलपुर १ बाट जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने निर्णय भएको छ’, अध्यक्ष खनालले भने, ‘यससम्बन्धी सम्पूर्ण तयारी भइसकेको छ भने भूमि समस्या समाधान आयोगदेखि सरोकारवाला सबै निकायमा जानकारी गराएका छौँ।’ 
    
विगतका आयोगबाट भएको अधुरा र अपूरा कार्यको अभिलेख सम्बन्धमा नापी कार्यालय कोहलपुर, नापी कार्यालय बाँके, मालपोत कार्यालय कोहलपुर र मालपोत कार्यालय नेपालगञ्जलाई पत्रचार गरेर क्रमशः सबैतिर जग्गाधनी प्रमाण पुर्जा वितरणको तयारी भइरहेको अध्यक्ष खनालको भनाइ छ।


हालसम्म बाँकेमा ५४ हजार हाराहारीमा जग्गाको लालपुर्जाका लागि आवेदन परेका छन् । आगामी असारभित्र छ हजार लालपुर्जा वितरण गर्ने आयोगको लक्ष्य छ ।   

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.