logo

सामाजिक सद्भाव र शान्तिका लागि सबै पक्षसँग राजनीतिक दलको अपिल

 इसीमाना सम्वाददाता     २०८२ बैशाख ३ गते ०८: ५४ मा प्रकाशित     549   पटक पढिएको

वीरगन्ज । धार्मिक एवम् सामुदायिक सद्भाव कायम गर्न पर्साका राजनीतिक दलहरुले अपिल गरेका छन् ।

बुधबार नेपाली कांग्रेस पर्साको कार्यालयमा बसेको सर्वदलिय बैठकले वीरगन्जमा सामाजिक सद्भाव र शान्तिका लागि सबै पक्षसँग अपिल गरेका हुन् ।

हनुमान जयन्तीको शोभा यात्रामा भएको घटनाबाट विगत केही दिनदेखि वीरगन्ज महानगरपालिका आसपासका क्षेत्रमा भईरहेको सामुदायिक विवाद, आपसी द्धन्द्ध र मनमुटाव प्रति सर्वदलिय बैठकको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमार्फत जनाइएको छ । वीरगन्जमा देखिएका विवादलाई वार्ता र सम्वादको माध्यमबाट सामाधान गर्न दलहरुले जोड दिएका छन् ।

‘सुरुकै दिनदेखि विभिन्न चरणमा विभिन्न समुदाय र स्थानीय प्रशासनसँग निरन्तर राजनैतिक दल परस्पर सबै पक्षसँग सम्वादमा रहेको कुरा’ विज्ञप्तीमार्फत जनाइएको छ ।

74d2df9f-7f98-400e-b938-5933bfcfa360.jpg

 अब उपरान्त समुदायमा सदियौदेखि आपसी भाईचारा, सामाजिक र धार्मिक सद्भावसँग मिलेर बसेको हिसावले यसलाई खण्डित गर्ने अभिव्यक्ति वा टिप्पणी कुनै पक्षबाट गर्न नहुन अपिल गरिएको छ ।

पर्साका राजनीतिक दलहरुको सर्वदलिय बैठकमा नेपाली कांग्रेसका कार्यवाहक सभापति रामनारायण प्रसाद कुर्मी, नेकपा एमालेका अध्यक्ष विश्वम्भर शर्मा, रास्वपाका सभापति हरि पन्त, जसपा नेपालका अध्यक्ष रामनदेश प्रसाद यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष बालगोपाल थापा, जनमत पार्टीका संयोजक ओम प्रकाश शरार्फ, राप्रपाका पन्नालाल प्रसाद पटेल र जसपाका तबरेज अहमदलगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.