logo

सदभाव भड्काएको आरोपमा पक्राउ परेकाहरुलाई  ६ दिन न्यायीक हिरासतमा राख्न अदालतको आदेश

 इसीमाना सम्वाददाता     २०८२ बैशाख ३ गते १७: ३२ मा प्रकाशित     356   पटक पढिएको

वीरगन्ज । सामाजिक सदभाव बिथोल्ने आरोपमा पक्राउ परेकाहरुलाई अनुसनधानकालागि प्रहरीले अदालतबाट म्याद थप गराएको छ । 


पर्सा जिल्ला अदालतले अनुसन्धाकालागि उनीहरुलाई ६ दिन न्यायीक हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमती दिएको छ ।

 

शेख खुर्सेद, सलाउदिन मियाँ ठकुराई, रवि सरार्फ, बल्जित सिंहलाई थप ६ दिन अनुसन्धानकालागि न्यायीक हिरासतमा राखिने पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जनाए । 

बुधबार जिल्ला अदालतले उनीहरुलाई हिरासतमा राख्न ६ दिनको म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालयले ७ दिनको म्याद माग गरेपनि अदालतले ६ दिनको म्याद थपेको हो ।

पक्राउ परेको दुई जनालाई राज्य विरुद्धको कसुर सम्बन्धी मुद्दा र बाँकी दुई जनालाई अपराधिक उपद्रो गरेको सम्बन्धी मुद्दा लगाइएको छ ।

यता, पर्सा प्रहरीले बुधबार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शकिल मियाँ रहेको प्रहरीले जनाएको छ ।


सिसिटिभि फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडिओ विश्लेषणको आधारमा उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताएका छन् ।

हनुमान जयन्तीको दिन निकालिएको शोभायात्राका क्रममा वीरगंजको धार्मिक सद्भाव भड्काएको आरोपमा उनीहरु पक्राउ परेका हुन  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.