logo

नेकपा एमालेको जीतपुर सीमरा नगरमा पौडेल समुहका शाहको प्यानल बिजयी

 इसीमाना सम्वाददाता     २०८२ बैशाख ३ गते ०८: ०७ मा प्रकाशित     1308   पटक पढिएको

सीमरा । नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका कमिटीको अध्यक्ष त्रिलोक विक्रम शाह प्यानल सहित विजयी भएका छन् ।

प्रमुख निर्वाचन अधिकृत दिवाकर भण्डारीका अनुसार कुल ३ सय ४८ मतदाता रहेकोमा ३ सय २६ मत खसेको थियो ।
अध्यक्ष पदमा त्रिलोक विक्रम शाहले २०७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी ताराबहादुर बस्नेत‘हिरा’ले १०६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कैमुद्दिन अंसारी १८७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी सुनीलकुमार गुप्ताले १२२ मत प्राप्त गरेका छन् ।

सचिव पदमा रविन्द्रराज भण्डारी विजयी भएका छन् । भण्डारीले १६८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी रमेशकुमार पौडेलले १३८ मत प्राप्त गरेका छन् ।

 

उपसचिव खुल्लामा विष्णुप्रसाद सापकोटा १९५ मत सहित विजयी भएका छन् । उनका प्रतिद्वन्दी इम्तियाज आलमले १०१ मत प्राप्त गरेका छन् ।

उपसचिव महिला तर्फ अलौपीया चौधरी निर्वाचित भएकी छन् । चौधरीले १८२ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्दी समिता शर्माले १२४ मत प्राप्त गरिन् ।

नगर अधिवेशनमा विजय प्राप्त गरेपछि अध्यक्ष त्रिलोक विक्रम शाहले निर्वाचनको प्रकृयामा देखिएका स्वभाविक मतभेदहरु आजैबाट अन्त्य भएको भन्दै बलीयो पार्टी निर्माणमा सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताएका छन् ।

 

एमाले जीतपुरसिमराका सबै प्रतिनिधिहरुलाई अध्यक्ष निर्वाचित शाहले धन्यबाद दिएका छन् । सीमराको अधिवेशनमा प्यानल सहित मैदानमा नेताहरु उत्रिएका थिए । बिजयी शाहलाई नेता पुरुषोत्तम पौडेल पक्षधरको बलियो समर्थन थियो भने  बस्नेतलाई ज्वाला साहको सर्मतन थियो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.