logo

नेकपा एमाले सप्तरीको अध्यक्षमा पूनः चौधरी सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १ गते ०४: ३० मा प्रकाशित     877   पटक पढिएको

सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीको १०औं जिल्ला अधिवेशनले  ताराकान्त चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । चौधरी यस अघि  अध्यक्ष नै थिए।

चैत ३० र ३१ गते दुई दिनसम्म चलेको अधिवेशनको दोस्रो दिन, आइतबार सम्पन्न बन्द सत्रले चौधरीको नेतृत्वमा नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो।

पार्टीका पोलिट्ब्युरो सदस्य तथा सप्तरी इन्चार्ज सुमनराज प्याकुरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनले ५ सदस्यीय लेखा समिति सहित १ सय २२ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।

अधिवेशनले पार्टीभित्रको एकता, संगठन सुदृढीकरण तथा आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ नेतृत्व चयन गरेको जनाइएको छ।

 अध्यक्षमा चयन भएका चौधरी सप्तरी निर्वाचन क्षेत्र नं.३ बाट संविधानसभा सदस्यमा विजयी भएका थिए। उनी लामो समयदेखि पार्टी संगठनमा क्रियाशील छन् र जिल्लामा लोकप्रिय नेता मानिन्छन्।

पार्टी स्रोतका अनुसार नयाँ कार्यसमितिमा उपाध्यक्षमा जय प्रकाश ठाकुर चयन भएका छन्।

त्यस्तै, सचिवमा देवनाथ यादवले पुनः निरन्तरता पाएका छन्। उपसचिवमा कुसुम आचार्य र दुर्गानन्द ठाकुर चयन भएका छन्।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.