logo

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मधेशले सबभन्दा बढि महत्वपूर्ण भूमिका खेलेको छः प्रधानमन्त्री ओली

 इसीमाना सम्वाददाता     २०८१ चैत २६ गते ०५: ३७ मा प्रकाशित     704   पटक पढिएको
जनकपुरधाम ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन ।  
 
     मधेस प्रदेशसभालाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अन्य अधिकारको कुनै अर्थ नहुने बताए ।
 
उनले  विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गरे । “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ठूलो उपलब्धि हो ।
Constitution amendment at appropriate time'
यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका रूपमा मात्र होइन जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिनु पर्ने धारणा ब्यक्त गरे । 
 
 प्रधानमन्त्री ओलीले भने “सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ । त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ ।”
 
प्रधानमन्त्री ओलीले मधेस प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गर्दै यहाँका अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पु¥याएको योगदानको प्रशंसा गरे ।
 
प्रधानमन्त्री ओलीले मधेस प्रदेश सम्भावनै सम्भावनाहरूको उर्वर भूमि, कृषिका लागि उपयुक्त चुरेक्षेत्र जडीबुटी, जङ्गलदेखि पानीको अपार स्रोतयुक्त भएकाले यहाँको विकासलाई सबैको सहयोगमा अघि बढाउनुपर्नेमा जोड दिए  ।
 
उहाँले सुनकोशी मरिन डाइभर्सन आयोजनाले  मधेसमा सिँचाइ भई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यसले पहाड र तराईबीचको एकताभाव सृजना गर्ने बताए  ।
 
प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, हुलाकी सडक, दू्रतमार्ग, रामराजाप्रसाद सिंह अस्पताल मधेसको विकास र समृद्धिको आधार भएकाले एकीकृत जाँच चौकी तथा प्रमुख भन्सार नाका वीरगञ्जलाई आर्थिक केन्द्र तथा प्राचीन शहर जनकपुरधामलाई सांस्कृतिक पर्यटनको आधारको रुपमा विकास गर्न सकिने बताए  ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशको लोकतान्त्रिक संघर्ष र प्रदेशको राजनीतिक सशक्तिकरणमा भएको योगदानको सराहना गरेका छन् ।
सांसदहरुको प्रतिक्रिया, प्रणाली बचाउने त ठिकै हो, तर बचाउने ठोस नीतिगत कुराहरु आएन
मधेश प्रदेश सभाको चौथो अधिवेशनको २१औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेश प्रदेशको ऐतिहासिक भूमिका र योगदानलाई उच्च मूल्याङ्कन गरेका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायीत्वका लागि यो प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताए ।
 
प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा मधेश प्रदेशले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा खेलेको भूमिकाबारे भने, ‘लामो समयको लडाइँपछि हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं । मधेश प्रदेश चेतनामा अग्रणी प्रदेशको रूपमा रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मधेशले सबभन्दा बढि महत्वपूर्ण भूमिका खेलेको छ । लोकतन्त्रको रक्षामा पनि यो प्रदेश सशक्त रुपमा उभिएको छ ।’
 
उनले थपे, ‘मधेश प्रदेश संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढताका साथ उभिने विश्वास राख्दछ । यो विश्वास यस प्रदेशका जनताको बलिदान र संघर्षको प्रतीक हो ।’
 
प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तन र प्राप्त उपलब्धिहरुलाई केवल राजनीतिक उपलब्धिका रुपमा सीमित नगर्न र तिनीहरुलाई जनताको बलिदान, संघर्ष र त्यागको परिणामको रुपमा हेर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार, ‘जनताको संघर्ष र बलिदानबाट आएका ती उपलब्धिहरु हाम्रो साझा सम्पत्ति हुन् ।’
 
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जनताको सेवामा समर्पित हुनुपर्छ । हाम्रो सबै प्रयासहरू देश र जनताको सेवामा समर्पित हुनुपर्छ ।’ राजनीतिक अधिकारहरुको विस्तार गरेर परिपूर्ण लोकतन्त्र निर्माण गर्नु आवश्यक भएकोमा जोड दिँदै उनले यसलाई जनताको जीवनस्तर सुधारको लागि महत्वपूर्ण कदम मान्नुपर्ने बताए ।
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.