logo

गणतन्त्रत्रको पक्षमा बीरगंजमा एमालेको बृहत् मोटरसाइकल र्याली सम्पन्न

 इसीमाना सम्वाददाता     २०८१ चैत २० गते १५: १७ मा प्रकाशित     430   पटक पढिएको

नेकपा ( एमाले) पर्साले  बृहत मोटरसाइकल र्याली निकालेको छ । राजाबादीहरुका पछिल्ला कदम विरुद्ध केन्द्रको कार्यक्रम अनुसार र्याली निकालिएको हो ।

बीरगंजको पावरहाउस चोकबाट र्याली शुरु भएको हो ।र्‍याली मुर्ली, घण्टाघर, रेल्वेरोड, छपकैया हुँदै आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज  प्रभु हजराले राजावादीहरू पुनः सक्रिय हुन थालेको भन्दै तिनीहरूलाई खबरदारी गर्न आवश्यक रहेको बताए।


राजतन्त्रकालमा दरवारको दानापानी खाएका मुठ्ठीभर तत्व सलवलाउन थालेको भन्दै उनीहरुलाई चुरीफुरी नगर्न चेतावनी दिए । उनले भने  सावधान होऊ। यदि धेरै चुरीफूरी  गर्‍यौ भने नेपाली जनताले तिमीलाई सडकमा ल्याएर भकुण्डो बनाएर खेल्नेछन।”

प्रतिनिधि सभा सदस्यसमेत रहेका हजराले नेपाली जनता गणतन्त्रको पक्षमा दृढ रहेको भन्दै राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको दाबी गरे।

एमाले केन्द्रीय सल्लाहकार जालिम मियाँले पनि राजावादीलाई समयमै सचेत रहन चेतावनी दिए।  कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेशका उपाध्यक्ष एवं संविधान सभा सदस्य बचिारी यादवले जनताको शक्तिको बलमा स्थापित गणतन्त्रलाई राजावादीहरुले बिस्थापित गर्न नसक्ने बताए ।

 

उनले जनताको शक्तिले राजतन्त्रहरु ढलेका अनेकौ इतिहास भएको चर्चा गर्दै संसारमा सडकबाट राजतन्त्र स्थापित नभएको बताए । सडकबाट राजा सत्तामा आउने सपना नदेख्न राजावादीहरुलाई चेतावनी दिदै नेता यादवले राजाहरुको टाउको काटिएको इतिहास रहेको चर्चा गरे । 

कोणसभामा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षतामा भएको कोण सभाको संचालन एमालेका जिल्ला सचिव महेश दासले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.