logo

गणतन्त्रत्रको पक्षमा बीरगंजमा एमालेको बृहत् मोटरसाइकल र्याली सम्पन्न

 इसीमाना सम्वाददाता     २०८१ चैत २० गते १५: १७ मा प्रकाशित     566   पटक पढिएको

नेकपा ( एमाले) पर्साले  बृहत मोटरसाइकल र्याली निकालेको छ । राजाबादीहरुका पछिल्ला कदम विरुद्ध केन्द्रको कार्यक्रम अनुसार र्याली निकालिएको हो ।

बीरगंजको पावरहाउस चोकबाट र्याली शुरु भएको हो ।र्‍याली मुर्ली, घण्टाघर, रेल्वेरोड, छपकैया हुँदै आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज  प्रभु हजराले राजावादीहरू पुनः सक्रिय हुन थालेको भन्दै तिनीहरूलाई खबरदारी गर्न आवश्यक रहेको बताए।


राजतन्त्रकालमा दरवारको दानापानी खाएका मुठ्ठीभर तत्व सलवलाउन थालेको भन्दै उनीहरुलाई चुरीफुरी नगर्न चेतावनी दिए । उनले भने  सावधान होऊ। यदि धेरै चुरीफूरी  गर्‍यौ भने नेपाली जनताले तिमीलाई सडकमा ल्याएर भकुण्डो बनाएर खेल्नेछन।”

प्रतिनिधि सभा सदस्यसमेत रहेका हजराले नेपाली जनता गणतन्त्रको पक्षमा दृढ रहेको भन्दै राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको दाबी गरे।

एमाले केन्द्रीय सल्लाहकार जालिम मियाँले पनि राजावादीलाई समयमै सचेत रहन चेतावनी दिए।  कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेशका उपाध्यक्ष एवं संविधान सभा सदस्य बचिारी यादवले जनताको शक्तिको बलमा स्थापित गणतन्त्रलाई राजावादीहरुले बिस्थापित गर्न नसक्ने बताए ।

 

उनले जनताको शक्तिले राजतन्त्रहरु ढलेका अनेकौ इतिहास भएको चर्चा गर्दै संसारमा सडकबाट राजतन्त्र स्थापित नभएको बताए । सडकबाट राजा सत्तामा आउने सपना नदेख्न राजावादीहरुलाई चेतावनी दिदै नेता यादवले राजाहरुको टाउको काटिएको इतिहास रहेको चर्चा गरे । 

कोणसभामा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षतामा भएको कोण सभाको संचालन एमालेका जिल्ला सचिव महेश दासले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.