logo

रजक हत्याकाण्डका दोषीलाई कारवाहीको माँग गर्दै सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारीले बुझायो ज्ञापन

 इसीमाना सम्वाददाता     २०८१ चैत १७ गते ०८: ०५ मा प्रकाशित     404   पटक पढिएको
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष प्रेस चौतारी नेपालले ज्ञापनपत्र बुझाएको छ । 
 
प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेसहितको टोलीले आइतवार सिंहदरबारस्थित मन्त्रालयमा राजावादी समूहका नाममा यही चैत १५ गते काठमाडौँमा भएको हिंसात्मक प्रदर्शनको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सञ्चारमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको हो ।
 
चैत १५ गते काठमाडौँमा भएको अराजक र हिंसात्मक प्रदर्शनका क्रममा समाचार सङ्कलनमा रहेका एभिन्यूजका क्यामरा पर्सन सुरेश रजकको  ज्यान गुमेको र पत्रकार तथा सञ्चारमाध्यममाथि सुनियोजित रुपमा आक्रमण भएको घटनाले प्रेस चौतारी नेपाल स्तब्ध बनेको ज्ञापनपत्रमा उल्लेख छ ।
 
प्रदर्शनका क्रममा भएका आतङ्कपूर्ण र हिंसात्मक घटनाले सिङ्गो सञ्चार जगत त्रसित र मर्माहत भएको उल्लेख गर्दै सत्यतथ्य पत्ता लगाई दोषीमाथि यथाशिघ्र कारबाही प्रक्रिया अगाडि बढाउन प्रेस चौतारी नेपालले सञ्चारमन्त्री गुरुङसमक्ष ज्ञापनपत्रमार्फत माग गरेको छ । 
 
काठमाडौँको तीनकुनेमा प्रदर्शनकारीले हिंसात्मक ढङ्गले निजी भवनमा आगजनी गर्दा सोही भवनको माथिल्लो तलामा बसेर समाचार छायाङ्कन गरिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको कार्यस्थलमै मृत्यु भएको, आन्दोलनकारीले लुटपाट गरेको श्रव्यदृश्य सार्वजनिक हुने डरले पत्रकार रजकलाई आगो लागेको भवनमै थुनेर बाहिर निस्केको विवरणहरू आइरहेका उल्लेख गर्दै उक्त घटनापछि प्राप्त दृश्यहरूले उहाँको सुनियोजित रुपमै हत्या गरेको  आशङ्का उब्जाएको ज्ञापनपत्रमा उल्लेख छ । 
 
कार्यस्थलमै एउटा पत्रकारलाई जिउँदै जलाएर ज्यान लिने तथा पत्रकारले मृत्युवरण गर्नुपर्ने कहालिलाग्दो र आततायी घटनाको छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न प्रेस चौतारी नेपालले सरकारसँग माग गरेको छ । साथै, मृतकका परिवारलाई न्याय, राहत तथा परिपूरणको व्यवस्था गर्नसमेत प्रेस चौतारी नेपालले आग्रह गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.