logo

प्रेस चौतारीले समाजवादीबाट फर्किएका नेतालाई महाधिवेशन आयोजक बनायो, महासंघ निर्वाचनका कारवाही फिर्ता (सूचीसहित)

 इसीमाना सम्बाददाता     २०८१ चैत ४ गते ०८: ५४ मा प्रकाशित     477   पटक पढिएको

काठमाडौं । प्रेस चौतारी नेपालले समाजवादी प्रेस संगठनबाट फर्किएका नेताहरुलाई १० औं महाधिवेशन आयोजक कमिटीको विभिन्न हैसियतको जिम्मेवारी दिएको छ ।


पत्रकार महासंघको निर्वाचनमा संगठनको हित प्रतिकूल कार्य गरेका ६ जनाको कारवाही पनि फुकुवा गरेको छ ।


चौतारीले महासंघको निर्वाचनका विषयलाई लिएर कारवाही गरेका  संगठनका नेताहरु रुद्र सुवेदी, मनुका कुँवर, दिनेश थापा, केशव पराजुली, नारायण खडका र कुष्माखर ढकालको कारवाही फिर्ता लिएको हो ।


महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्ति अनुसार विगतमा प्रेस चौतारी नेपालका विभिन्न जिम्मेवारीमा रहेर केही समय समाजवादी प्रेस संगठनका नाममा क्रियाशिल पत्रकार प्रेस चौतारी नेपालमा फर्किएपछि उनीहरुलाई पदाधिकारी सरह र आयोजक कमिटी सदस्य सरह रहने गरी समेटिएको हो ।

 

समाजवादी प्रेस संगठनलाई नै प्रेस चौतारी नेपालमा समाहित गरेर अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, संस्थापक सदस्यसहित अधिकांश पत्रकार दुई महिनायता चौतारीमा सक्रिय छन्  ।

 

विज्ञप्तिमा भनिएको छ, ‘उक्त संगठनमा बाँकी साथीहरुलाई आफ्नो मुलघरमा फर्किन र सम्मानजनक भूमिकामा रहेर काम गर्न आह्वान यसअघि नै गरिसकिएको छ ।

 

फर्किनुभएका अधिकांश साथीहरु विभिन्न जिल्ला र प्रदेशबाट  केन्द्रीय प्रतिनिधिमा चयन भइसक्नुभएको छ । बाँकी रहेका साथीहरुलाई सम्मानका साथ आयोजक कमिटी सदस्यका रुपमा महाधिवेशनमा सहभागी गराउने निर्णय भएको छ ।’  


आयोजक समितिमा थप गरिएका नामावली
 
पदाधिकारी सरह(नेता) को हैसियतमा
 
१। विश्वमणि सुवेदी, काठमाडौं (सुनसरी)
२। शीतल साह, धनुषा
३। नरेन्द्रकुमार साउद, काठमाडौं (अछाम)
४। अर्जुन श्रेष्ठ, रुपन्देही
५। रामकुमार रिजाल एलन, मकवानपुर
६। सविन शर्मा, ललितपुर
७। नेपोलियन चेपाङ, चितवन ९काठमाडौं०
८। कृपादेवी भण्डारी, कास्की
९। हरिप्रसाद जोशी, कैलाली
१०। दीपककुमार बुढा क्षेत्री, सुर्खेत
११। माधवप्रसाद पौडेल, ललितपुर

आयोजक कमिटी सदस्य
१२। शम्भुजित दाहाल, झापा
१३। शशि कोइराला, सुनसरी
१४। रोशनी कठेत, सुनसरी
१५। प्रेमचन्द्र झा, रौतहट
१६। प्रवीण साह, धनुषा
१७। रमेश सुवेदी, बारा
१८। आशिष गुरागाई, काठमाडौं
१९। हरिप्रसाद गजुरेल, रसुवा
२०। बुद्धकुमार श्रेष्ठ, काभ्रे
२१। बेद भट्ट, बारा
२२। शिवलाल सुवेदी, गुल्मी
२३। ललित बुढा, सुर्खेत
२४। तृप्ती शाही, सुर्खेत
२५। विनोद लम्साल, सुर्खेत
२६। प्रधुम्नकुमार उपाध्याय, सल्यान
२७। नरेन्द्र विष्ट, बैतडी
२८। फणीन्द्रप्रसाद नेपाल, रातोपाटी
२९।शेरबहादुर थापा, दैलेख

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.