logo

प्रेस चौतारी नेपाल र प्रेस सेन्टरपर्साको होली मिलन समारोह सम्पन्न

 इसीमाना सम्बाददाता     २०८१ फागुन २८ गते ०८: २५ मा प्रकाशित     363   पटक पढिएको

बीरगंज । 
प्रेस चौतारी नेपाल पर्साले बुधवार बीरगंजमा होली मिलन समारोह आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा पर्सेली पत्रकारहरुको सहभागिता रहेको थियो ।

 
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पर्साका सचिव महेश दासले होली मिलन कार्यक्रमको महत्वको बारेमा प्रकाश पारेका थिए ।

May be an image of 5 people and people smiling

उनले प्रेस चौतारी नेपाल पर्सामा दुई ंग मात्र देखिएको बिम्व प्रस्तुत गर्दै होली मिलन कार्यक्रम पछि सातै रंग देखिनु पर्ने बताए ।

 उनले संगठन भित्र बिवादको हल गर्ने प्रमुख थलो अधिवेशनहरु भएको चर्चा गर्दै प्रेस चौतारी नेपाल भित्र जिल्ला र प्रदेशको अधिवेशन सकिएकोले बिवादका सबे बिषयहरुपनि अधिवेशनसंगै हल भएको बताए । उनले होली मिलन कार्यक्रमले सार्थकता पाउनु पर्ने बिचार ब्यक्त गरे। 


कार्यक्रमका अध्यक्ष निरन्जन मिश्रले आफूले चुनावमा उम्मेदवारी दिदै गर्दा समेत संगठनलाई एक बनाउने घोषणा गरेको स्मरण गरे । म एकताको पक्षमा छु अध्यक्ष मिश्रले भने“बिचारका आधारमा एक भएकाहामीहरु अलग अलग हुनुले कमजोर हुनु बाहेक अरु केही हुदैन ” ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानले होलीको परम्रागत मान्यता आजको दिन झन आवश्यक रहेको बताए ।

उनले होमली मिलन समारोह समारोहकालागि होइन भने इक्ष्र्या रिस राग आवेश रघृणाको परित्याग गर्न सक्नु पर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले होलीको सन्देश सार्थक हुन सक्ने सन्देश प्रवाह हुन आवश्यक रहेको बताए । 

उनले एकता सहमती र सहकार्यको अभावमा समस्या हुने कुरालाई बुझ्न आवश्यक रहेको बताए ।

May be an image of 5 people, people smiling, temple and text that says 'नेपाल पत्रकार महासंघ पर्साशाखा पर्सा शाखा होली गिललन सामारोह ২0বে सचचतजीवतए्क वपाल! आयोशका:- प्रव चोतारी वेपालस'

कार्यक्रममा प्रेस चौतारी नेपाल मधेश प्रदेशका नवनिर्वाचित अध्यक्ष लालबाबु शेखले पनि शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन सचिव कृष्ण कुशवाहाले गरेका थिए । 

यसैगरि प्रेस सेन्टर नेपाल पर्सा शाखाले पनि होलीको अवसरमा होली मिलन समारोह सम्पन्न गरेको छ ।

May be an image of 5 people, people studying, people smiling and text that says 'प्रेस सेन्टर नेपाल पसादारा आयोजित हौली मिलन समारोह ২0বে रारुत दिडसे 320 पोसरी रिशोरਟ टवाल vivo Y28 Rupesh Brg.rj 4p:tbrguaeletenemm Mapeogamete.e Machesh Province Mar 2 2025, 16:03'

 सेन्टरका पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका प्रहरी उपरिक्षक गौतक मिश्र,नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछाने, मधेश प्रदेशका अध्यक्ष शयाम बन्जारा,प्रदेशका सचिव दीपक गौतम, जिल्ला अध्यक्ष ओम प्रकाश खनाल , प्रेस सेन्टर नेपालका मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर बाराका इन्चार्ज कृष्ण उदास खनाल  लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

कृषिमा आधारित लघु उद्यमहरूलाई  सहुलियत दिन मन्त्रालय तयार  छः कृषि मन्त्री क्षेत्री

वीरगञ्ज । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले माछा उत्पादनका साथै धान उत्पादनमा मधेश प्रदेश मुलुकमै अग्रणी स्थानमा रहेको बताए ।

वरहथवा बहु सरोकारवाला मञ्चको नगर संयोजकमा कार्की चयन

सर्लाही  ।   बहु सरोकारवाला मञ्च  वरहथवाको नगर स्तरीय नयाँ  समिति गठन भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.