logo

प्रेस चौतारी नेपाल मधेश प्रदेशको अध्यक्षमा शेख सर्वसम्मत

 इसीमाना सम्बाददाता     २०८१ फागुन २७ गते ०६: ०८ मा प्रकाशित     498   पटक पढिएको

वीरगन्ज । प्रेस चौतारी नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशनले अध्यक्षमा  लालबाबु शेखलाई असर्वसम्मत रुपमा चयन गरेको छ । 

मंगलवार बिहान रौतहटको चन्द्रपुरमा सम्पन्न अधिवेशनको बन्द सत्रले शेखलाई अध्यक्षमा चयन गरेको प्रेस चौतारी नेपालका केन्द्रीय निर्वाचन आयोगका प्रमुख गणश खनालले बताए । 

 

अधिवेशनले लालबाबु शेखको नेतृत्वमा ३१ सदस्यीय मधेस प्रदेश समिति चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षद्वयमा गौतम श्रेष्ठ र भवानी सुवेदी रहेका छन ।

 

यसैगरी महासचिवमा दिवाकर भण्डारीलाई चयन गरिएको छ भने कोषाध्यक्षमा जितेन्द्र शाह चयन भएका छन् ।

अधिवेशनले सचिवमा ६ जनालाई चयन गरेको छ । सचिवमा चयन हुनेहरुमा ग्यासु मिया देवान, जिवनारायण झा, अनिरुद्र ठाकुर, राकेश यादव, धनवीर महतो र श्याम कुशवाहा छन् ।

यसैगरी अधिवेशनले सदस्यहरुमा पिन्टू यादव, गणेश प्रसाद खरेल, अमृता सिंह,शेखर छतकुली, कन्हैया गुप्ता, सफल खतिवडा, देवेन्द्र यादव, राधेश्याम पटेल, ललनकुमार साह, युवराज खडका, आशिक अंसारी, सुरेश प्रसाद आचाय, संगिता शिवाकोटी, भोला यादव, धर्मेन्द्र चौरसिया, गौरी न्यौपाने, विना राउत र शम्भु प्रसाद महतोलाई चयन गरेको छ ।


यस अघि सोमवार अधिवेशनको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र नेकपा एमालेका महासचिव शंकर पोख्रेलले उद्धघाटन गरेका थिए ।

अधिवेशनमा मधेशका आठ जिल्लाबाट निर्वाचित प्रदेश परिषदका सदस्यहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.