logo

पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री सिंह

 इसीमाना सम्वाददाता     २०८१ फागुन २७ गते ०५: ५९ मा प्रकाशित     517   पटक पढिएको
महोत्तरी ।  मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकार र पत्रकारिता क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन  ।
 
 
बर्दिबासमा मंगलवार  सञ्चारिका समूह नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
 
मुख्यमन्त्री सिंहले प्रदेश सरकारले आफ्ना सीमित साधन स्रोतभित्रबाट पत्रकारिता क्षेत्रको पर्वद्धनका लागि प्रयत्न गरिरहेको बताए । 
 
मुख्यमन्त्री सिंहले पत्रकारलाई समाजको ऐनाको उपमा दिदै सत्यतथ्य सूचनाले राज्यका सबै निकायलाई आफ्ना कामबारे समीक्षा गर्ने र सच्चिएर अघि बढ्ने अवसर प्राप्त हुने बताए । 
 
उनले पत्रकारितामा रहेकाहरुलाई सबैपक्षको सहयोग र सद्भाव आवश्यक रहेको बताए  । उनले पत्रकार महिलालाई  पेसामा टिकाइ राख्न राज्यका निकाय र सामाजिक सङ्घसंस्थाको सकारात्मक भूमिका हुनपर्ने बताए।
 
स्वास्थ्य, शिक्षा र रोजगारका अन्य अवसरमा महिलाको पहुँच बढाउन प्रदेश सरकार प्रयत्नशील रहेको कार्यक्रममा मुख्यमन्त्री सिंहले बताए  । पत्रकारले राजनीतिक आग्रहबाट मुक्त भई निष्पक्ष रुपमा पेसागत धर्म निर्वाह गर्नपर्ने उनले अपिल गरे  ।
 
कार्यक्रममा सञ्चारिका समूह मधेस प्रदेशकी अध्यक्ष सुनिता बराल, संचारिका समुह का केन्द्रीय सदस्य सरोला दाहाल ,  जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण, नेपाल पत्रकार महासङ्घका केन्द्रीय लेखा संयोजक के.सी. लामिछाने, महासङ्घका मधेश प्रदेश अध्यक्ष श्याम वञ्जारा उपाध्यक्ष अम्बिका दाहाल लगायतले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.