logo

पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री सिंह

 इसीमाना सम्वाददाता     २०८१ फागुन २७ गते ०५: ५९ मा प्रकाशित     789   पटक पढिएको
महोत्तरी ।  मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकार र पत्रकारिता क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन  ।
 
 
बर्दिबासमा मंगलवार  सञ्चारिका समूह नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
 
मुख्यमन्त्री सिंहले प्रदेश सरकारले आफ्ना सीमित साधन स्रोतभित्रबाट पत्रकारिता क्षेत्रको पर्वद्धनका लागि प्रयत्न गरिरहेको बताए । 
 
मुख्यमन्त्री सिंहले पत्रकारलाई समाजको ऐनाको उपमा दिदै सत्यतथ्य सूचनाले राज्यका सबै निकायलाई आफ्ना कामबारे समीक्षा गर्ने र सच्चिएर अघि बढ्ने अवसर प्राप्त हुने बताए । 
 
उनले पत्रकारितामा रहेकाहरुलाई सबैपक्षको सहयोग र सद्भाव आवश्यक रहेको बताए  । उनले पत्रकार महिलालाई  पेसामा टिकाइ राख्न राज्यका निकाय र सामाजिक सङ्घसंस्थाको सकारात्मक भूमिका हुनपर्ने बताए।
 
स्वास्थ्य, शिक्षा र रोजगारका अन्य अवसरमा महिलाको पहुँच बढाउन प्रदेश सरकार प्रयत्नशील रहेको कार्यक्रममा मुख्यमन्त्री सिंहले बताए  । पत्रकारले राजनीतिक आग्रहबाट मुक्त भई निष्पक्ष रुपमा पेसागत धर्म निर्वाह गर्नपर्ने उनले अपिल गरे  ।
 
कार्यक्रममा सञ्चारिका समूह मधेस प्रदेशकी अध्यक्ष सुनिता बराल, संचारिका समुह का केन्द्रीय सदस्य सरोला दाहाल ,  जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण, नेपाल पत्रकार महासङ्घका केन्द्रीय लेखा संयोजक के.सी. लामिछाने, महासङ्घका मधेश प्रदेश अध्यक्ष श्याम वञ्जारा उपाध्यक्ष अम्बिका दाहाल लगायतले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.