logo

पर्साको पोखरियाबाट नापी र मालपोतका सेवा आरम्भ ६ वटा पालिकाका नागरिक लााभान्वित हुने

 इसीमाना सम्वाददाता     २०८१ फागुन १५ गते ०६: ५७ मा प्रकाशित     408   पटक पढिएको

बीरगंज । पर्साको पोखरिया नगरपालिकामा नापी र मालपोत कार्यालय सञ्चालनमा आएको छ ।

 

पोखरिया नगरपालिकामा बिहिवार आयोजित एक समारोह बीच भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कार्यालयको उद्घाटन गरे संगै कार्यालय संचालनमा आएको हो । 


कार्यालयको उद्घाटन गर्दै ग्रामिण भेगका नागरिकलाई अब सहजता हुने मन्त्री अधिकारीले विश्वास व्यक्त गरे । समय र पैँसा दुबै जोगिने बताउँदै उनले पोखरियाकै कार्यालयबाट सबै किसिमका सेवा उपलब्ध गराउने जानकारी समेत दिए । 

चुनावमा गरेका प्रतिबद्धता पुरा गर्न पोखरियामा नापी र मालपोत कार्यालय उद्घाटन गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताए ।

 साथै उनले ईलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गरीरहेको बताए । साथै पोखरियालाई करोडौका योजना दिने उद्घोष पनि उनले गरे ।


वीरगञ्जदेखि करिब १३ किलोमीटरको दुरीमा रहेको पोखरियामा सञ्चालनमा आएको नापी र मालपोत कार्यालयबाट पोखरिया नगरपालिकासँगै ग्रामिण भेगका ६ वटा गाउँपालिकाका सेवाग्राही लाभान्वित हुनेछन् । अब त्यस भेगका नागरिकलाई नापी तथा मालपोतका कामको लागि वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, मधेश प्रदेशकै युवा खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल, प्रदेश सभा सदस्यद्वय श्याम पटेल, बिना शर्मा, पूर्व सांसद बिचारी यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष्य श्याम बन्जारा , पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, हरिनारायण रौनियार, पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहान लगायतको उपस्थिति रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.