logo

नेपाल खनाल पक्ष एमाले संसदीय दलको बैठकमा, पार्टी बैठकका निर्णयबाट फिर्ता नहुने अध्यक्ष ओलीको भनाई

      3/26/2021 गते 00 00 मा प्रकाशित     504   पटक पढिएको

सर्वोच्च अदालतले नेकपा एमालेलाई पूर्नजीवीत गरेपछि समानान्तर गतिबिधि गर्दै  हिडेको नेपाल खनाल पक्ष नेकपा एमालेको संसदीय दलको बैठकमा सहभागिता जनाएको छ ।

 

आज भएको बैठकमा माधव नेपाल र भिम रावल बाहेक नेपाल खनाल पक्षका सासदहरुको बैठकमा सहभागिता रहेको थियो । 


बैठकमा झलनाथ खनाल घनश्याम भूषाल  योगेश भट्टराई लगायतका नेताहरुले पार्टीलाई एकिकृत बनाउन पार्टी अध्यक्ष के.पी.ओलीसंग आग्रह गर्नु भएको थियो । बैठकमा प्रधानमंत्री ओलीले पार्टीले यो भन्दा अगाडि गरेको बैठकको निर्णय बाट फिर्ता नहुने स्पष्ट पार्नु भएको संसदीय दलका सचेत बिशाल भट्टराईले बताउनु भयो । 

 


प्रधानमंत्री ओलीले दलको बैठकमा सहभागी नभएका नेताहरुको सन्दर्भमा दलको बिधान अनुसार हुने  प्रधानमंत्रीले बताउनु भएको भट्टराईको बनाई थियो ।

 

ससदीय दलको बैठकमा छुट्टै गुटगत गतिविधि संचालन गर्दै आइरहेका नेताहरु दलको बैठकमा आएपछि त्यसलाई संस्थापन पक्षले सकारात्मक रुपमा लिएको छ । २ जेठ  २०७४ को अवस्थामा पार्टीलाई लैजाने खनालको माँगलाई सम्बोधन गर्दै प्रधानमंत्री ओलीले अव पछाडी फर्किन नसकिने स्पष्ट पार्नु भएको थियो ।  

अध्यक्ष ओलीले एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने समेत बताउनु भएको छ । ओलीले एमाले २०७५ जेठ २ मै फर्किएको भन्दै माओवादीबाट एमालेमा आएका नेताहरुलाई पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरूको व्यवस्थापनमात्र भएको बताउनु भएको थियो । 


ओलीको भनाई उदृत गर्दै मुख्य सचेतक विशाल भट्टराईले भने, ‘फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता हुँदैनन् । 

ओलीले माधव नेपालसहितका ४ जना नेतालाई केन्द्रीय कमिटी बैठकले स्पष्टिकरण सोधेको भन्दै माधव र भीम रावलको स्पष्टीकरण अत्यन्त नकारात्मक कोणबाट आएकाले कारवाहीको भागीदार हुने बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.