logo

प्रेस चौतारी नेपालको रौतहट अध्यक्षमा पहाडी सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८१ फागुन ६ गते १०: ४६ मा प्रकाशित     226   पटक पढिएको

चन्द्रपुर । प्रेस  चौतारी नेपाल रौतहटको आठौ जिल्ला अधिवेशनले अशोक पहाडीलाई सर्बसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

May be an image of 7 people and text

 मंगलवार चन्द्रपुरको होटेल हिमालयमा भएको आठौ जिल्ला अधिवेशनको बन्द सत्रले पहाडीलाई सर्वसम्मत रुपमा चयन गरेको बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष रमेश तिमिल्सीनाले जानकारी दिए ।

May be an image of 4 people and dais
जिल्ला शाखाको उपाध्यक्षमा कृष्ण तिवारी उपाध्यक्ष महिला , मन्जु मानन्धर, सचिव  मुकेश साह ,सह सचिव  राकेश यादव ,  दिपेन्द्र रजक  , कोषाध्यक्षमा अशोक यादव ,केन्द्रिय परिषद  सदस्यमा आदर्श उपाध्याया ,अर्पणा झा तथा  प्रदेश परिषद  सदस्यमा देवेन्द्र प्रसाद यादव र गौरी न्यौपाने सर्वसम्मत भएका छन ।

May be an image of 7 people and text
यस अघि अधिवेशनको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत महासचिव हिरामान लामा, नेकपा एमालेका केन्द्रीय सदस्य अजय गुप्ता, उद्धव रेग्मी जिल्ला सचिव बाबुराम दहाल ,नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के.सी.लामिछाने, मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासंघ रौतहटका अध्यक्ष संजय कार्की पूर्व अध्यक्षहरु  शैलेन्द्र गुप्ता प्रेमचन्द्र झा, रविन्द्र साह लगायतले शुभकामना ब्यक्त गरेका थिए । 

May be an image of 8 people, dais and text
उत्तम उपाध्यायाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बालबिक्रम कार्कीले गरेका थिए भने स्वागत मन्तब्य मन्जु मानन्धरले गरेकी थिइन ।

 

प्रेस चौतारीको आठौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झा आफ्नो सिंगो टीमसहित प्रेस चौतारीमा फर्किएका छन  ।

झाले महासंघको दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नू भएको थियो । झासँगै उक्त संगठनका केन्द्रीय सदस्य कृष्ण तिवारी पनि प्रेस चौतारीमा फर्किएका छन  ।

झा र तिवारीलाई चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र वरिष्ठ नेता विश्वमणि सुवेदी, महासचिव हिरामान लामालगायत मधेश प्रदेशका नेकपा एमाले र प्रेस चौतारीका नेताहरूले स्वागत गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.