logo

नेकपा एस पर्सा अवैधानिक भएको भन्दै पार्टी केन्द्रमा उजुरी, समानान्तर कमिटी बनाउने चेतावनी

 इसीमाना सम्वाददाता     २०८१ माघ १९ गते ०७: ०३ मा प्रकाशित     420   पटक पढिएको

 बीरगंज । नेकपा एकीकृत समाजवादी पर्साको हालै सम्पन्न नवौं जिल्ला अधिवेशन खारेजीको माँग गर्दै पार्टीको निर्वाचन आयोग र अनुशासन आयोगमा उजुरी परेको छ ।

 

 अधिवेशनमा जिल्ला अध्यक्षको प्रत्याशी रहेका अनिल पटेल,उपाध्यक्षका प्रत्याशी रहेका द्वारिका श्रीवास्तव सहित जिल्ला प्रतिनिधिहरुले उजुरी गरेका हुन ।

उनीहरु सहित २२ जना अधिवेशन प्रतिनिधिले नवौ जिल्ला अधिवेशन अवैधानिक भएको भन्दै खारेजीको माँग गरेका छन ।

 प्रतिनिधि मापदण्ड अन्तर्गत विधानलाई पुर्ण वेवास्था गर्दै २ वर्ष नपुगेकोलाई प्रतिनिधि बनाएको र ५ वर्ष नपुगेकोलाई अध्यक्ष मण्डलले जिल्ला कमिटीको सदस्यमा नाम राखी रखोको अधिवेशन अवैधानिक नै रहेको स्वतः पुष्टि भएको उजुरी पत्रमा उल्लेख छ ।

अध्यक्ष मण्डलको अध्यक्षतामा माघ १२ गते राधेमाईमा वसेको बैठकमा ३ सय २५ प्रतिनिधि रहेकोमा जम्मा ९५ जनाको उपस्थिति रहेको भन्दै अधिवेशन विधान विपरित नै रहेको उजुरीकर्ताले जीकीर गरेका छन ।

 जिल्ला कमिटीको घोषणा भए पछि अधिकांश कमरेड अपत्ति जनाउदै गए पनि निर्वाचन समितिले प्रायः पदाधिकारी र जिल्ला सदस्यहरुको मनोनयन आफै भरी, प्रस्तावक, समर्थकको नाम आफ्‌नै मनले राखी नक्कली हस्ताक्षर गरी आफ्‌नो कोरम पुर्याएको उजुरीमा उल्लेख छ।

 पार्टीका नेतागण पद पावरको दुरूपयोग गरी विधानको निति नियम कुल्चिदै पर्सा जिल्लाको नौ अधिवेशन सम्पन्न गरेको ढोङ रचि पर्सामा पार्टी थप कमजोर बनाएकोमा आफूहरुको आपत्तीरहेको उजुरीकर्ताले उल्लेख गरेका छन ।

उजुरीकर्ताले अवैधानिक कमिटीबिघठन नभए पार्टी जोगाउनकालागि समानान्तर कमिटी बनाउने समेत जनाएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.