logo

प्रेस सेन्टर नेपाल २१औँ स्थापना दिवस, वीरगञ्जमा प्रभातफेरी र रक्तदान

 इसीमाना सम्वाददाता     २०८१ माघ १५ गते १७: २४ मा प्रकाशित     283   पटक पढिएको

वीरगञ्ज । प्रेस सेन्टर नेपाल २१औँ स्थापना दिवस वीरगञ्जमा पनि मनाइएको छ । प्रेस सेन्टर जिल्ला समन्वय समिति पर्साले वीरगञ्जमा प्रभातफेरी र रक्तदान गरेर स्थापना दिवस मनाएको हो ।

 

 प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा रक्तसञ्चार केन्द्र वीरगन्जमा भएको रक्तदानमा एक महिला सहित २१ जनाले रक्तदान गरेका थिए ।

 

कार्यक्रममा प्रेम कुमारी अधिकारी, शिवनाथ यादव, दीपक गौतम, अजित कुमार भुजेल, संजित गुप्ता, रञ्जित यादव, संजोग गिरी, शब्दर हुसैन, विशाल पटेल, रञ्जित पाण्डे, सलाउद्दीन अन्सारी, बलिराम यादव, अमिर मन्सुरी, कृष्णा दास, कन्हैया महतो लगायत २१ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जानकारी दिए ।

 

यसअघि रक्तदानको नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेंल र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले रक्तदाताहरुलाई रगत संकलन गर्ने ब्लड ब्याग हस्तान्तरण गरेर उदघाटन गरेका थिए ।

 

 त्यसअघि वीरगञ्जको घण्टाघरबाट सुरु भएको प्रभातफेरी माईस्थान, आदर्शनगर चोक, घडिअर्वा लगायत नगरको विभिन्न परिक्रमा गर्दै पुनः घण्टाघरमै आएर समापन भएको थियो ।

प्रभातफेरीपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले संगठनको २१ औं स्थापना दिवसको शुभकामना दिए । पत्रकारितामा लागेकाहरु पनि यहि समाजको भएकोले सामाजका सामाजिक उत्तरदायित्वमा जिम्मेवार रहने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.