logo

संबिधान संशोधन मार्फत निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक छः मन्त्री क्षेत्री

 इसीमाना सम्वाददाता     २०८१ माघ १ गते ०४: ०५ मा प्रकाशित     223   पटक पढिएको

बीरगंज । मधेश सरकारका भूमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले संबिधान संशोधन आवश्यक भएको बताए ।

 

मंगलवार बीरगंजमा स्व गोपालको स्मृतिमा स्थापित स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

 

नेपाली कांग्रेस पर्साको सभापति समेत रहेका मन्त्री क्षेत्रीले संबिधान संशोधन नभए अहिले भएको निर्वाचन प्रणालीका कारण भोली पनि कसैको बहुमत नआउने ठोकुवा गरे ।

 

उनले बहुमत नआउदा राजनीतिक स्थीरता कायम नहुने चर्चा गर्दै समानुपातिक प्रणालीलाई कायम राख्दै संबिधान संशोधन आवश्यक रहेको बताए ।

 

उनले समानुपातिक प्रणालीलाई कायम राख्दै निर्वाचन क्षेत्र नै आरक्षीत गरेर अगाडि बढनु पर्ने बताए । उनले यो बिषयलाई आन्दोलनको उपलब्धीलाई समाप्त पार्न खोजियो भन्ने जुन बहस शुरु भएको छ त्यसमा सत्यता नभएको उनले प्रष्ट पारे ।

 

उनले अहिले संघ र प्रदेशमा सरकार परिर्वतनका खेल भइरहेको देखिएको बताउदै संबिधान संशोधन नभए मन्त्री बनाउने फ्रयाक्ट्रीको रुपमा यो संरचना चित्रित हुने बताए ।

 

मन्त्री क्षेत्रीले पाँच वर्षमा सबै सासँदहरु मन्त्री बन्ने अहिलेको निर्वाचन प्रणालीको दुर्वल पक्ष रहेको बताए । 


उनले कृषिमा उन्नत जातको बिउ बिजन र प्रविधिको प्रयोगको कुरा ०४८ देखी उठाउदै आएको स्मरण गरे उनले भने म जिल्लाको सभापति हुदा पनि यही भन्दै आएका थियौ अहिले पनि यस्तै भन्दै आएका छौ ” ।

 

मंन्त्रालयले कृषिमा गुणात्मक फड्को मार्नकालागि कानूनको निर्माण र ब्यवस्थित योजनाको निर्माणको चरणमा रहेको उनले बताए । 


उनले सहकारीलाई नियमन गर्नकालागि मन्त्रालयले काम गर्दै छ । बीरगंजका दुई सहकारी पनि बदमासी गरेकोले कारवाहीको प्रक्रियामा रहेको बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.