logo

हेक्का राख्नु चोरहरू, अब बीरगंज चुप लागेर बस्दैनः आजपा अध्यक्ष साह

 इसीमाना सम्वाददाता     २०८१ पौष २५ गते ०२: १६ मा प्रकाशित     469   पटक पढिएको

बीरगंज । आज जनता पार्टीका अध्यक्ष प्रभू साहले बीरगंजको धरोहरको रुपमा रहेको नारायणी रंगशालाको नीरिक्षण गरेका छन । बीरगंजका नागरिकको सहभागिता रहेको नारायणी रंगशाला अहिले जीर्ण अवस्थामा रहेको छ । 


रंगशालाको नीरिक्षणमा गएका पूर्वमन्त्री समेत रहेका साहले आक्रोश मिश्रीत स्वरमा भने “अव बीरगंज चुप लागेर बस्दैन ” । 

May be an image of 7 people and temple
उनले रंगशालाको नीरिक्षण पछि समाजिक संजालमा लेखेका छन “नारायणी रंगशालाको हाल बेहाल हेर्दा सरकारसंग केही प्रश्न गर्न मन लाग्यो ”।


उनले सामाजिक संजाल मार्फत सरकारै सरकार भएको सरकारहरुलाई आधा दर्जन प्रश्न सोधेका छन । उनका प्रश्नहरु निकै मार्मिक र चोटिला छन ।

 

अर्थपूर्ण सारगर्भित छन । मध्य तराईका नागरिकको मन मस्तिष्कमा खेलिरहेका प्रश्न उनले गरेका छन । वास्तवमा जनताको प्रश्न उनले लेखेका छन । उनका प्रश्न यस्ता छन । 

बीरगंजको गौरवको रूपमा रहेको नारायणी रंगशालाको आज निरीक्षण गर्ने अवसर प्राप्त भयो । नारायणी रंगशालाको हाल बेहाल हेर्दा सरकारसंग केही प्रश्न गर्न मन लाग्यो ।

 गौरवशाली इतिहास बोकेको यो रंगशालाप्रति विभेद किन ? रंगशालाको बिकास सरकारको प्राथमिकतामा किन परेन ? के यहाँको बालबालिकालाई खेलकुदको अधिकार छैन ?

No photo description available.

 देश बदलावमा अग्रणी भुमिका खेलेको बिरगंजलाई यस्तो उजाड़ किन बनाउनु भो ?  के बीरगंज उपयोग गर्ने र छोडिदिने ठाऊँ हो ?  के कर तिर्ने बिरगंजले प्रतिफल पाउने अधिकार राख्दैन ? सरकारै सरकार भएको देशमा बीरगंजको लागी सरकार बिहिनता किन ?  

 

अहिलेको २१ औ शताब्दीको लोकतान्त्रिक युगमा के यस्तो अत्याचार सहन सकिन्छ ? प्रश्न लेख्दै गर्दा साहमा आक्रोशले उद्धेलीत भएको भान हुन्छ । र त उनी निकै कडा शब्दको प्रयोग गर्छन,   हेक्का राख्नु चोरहरू, अब बीरगंज चुप लागेर बस्दैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.