logo

रिटर्नी फेडेरेसनले गर्यो पब्लिक इन्भेस्टमेन्ट कम्पनी घोषणा, ५ बर्षभित्र २५ अर्ब लगानी जुटाइने

फेडेरेसनद्धारा रिटर्नी उधमीहरु सम्मानीत

 इसीमाना सम्बाददाता     २०८१ पौष १७ गते ०७: २४ मा प्रकाशित     658   पटक पढिएको

काठमाण्डौं । रिटर्नी फेडेरेसन नेपालले चौथो स्थापना दिवसको अवसरमा रिटर्नी उधमीहरुलाई सम्मानित गरेको छ । 


काठमाण्डौं थापागाँउमा रहेको केन्द्रीय कार्यलयमा “स्थापना दिवसको विशेष समारोह”को विच सो सम्मान गरिएको हो ।

सम्मानित भएकाहरुमा कोशी प्रदेशबाट झापाका दिपक चापागाई, बाग्मती प्रदेशबाट दोलखाका ज्ञानु खवास , लुम्बीनी प्रदेशबाट गुल्मीका  रविलाल पन्त  , गण्ड

की प्रदेश नवलपुरका शिव बहादुर केसी खत्री क्षेत्री र कर्णाली दैलेखबाट राम बहादुर बडुवाल   रहेका छन । 
सम्मानित हुनेहरुले रिटर्नीहरुको रुपमा सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै यसले स्वदेशमा केही गर्ने प्रेरणा मिलेको बताएका छन ।

 

रिटर्नी फेडेरेशनका ईन्चार्ज कृष्ण बहादुर केसीले  विदेशमा दुःख गरेर फर्केका रिटर्नीहरु एकजुट भएर उधमशिलता सहितको राजनीतिमा सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिए  । नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका केसीले भोलीका दिनमा देशको नेतृत्वमा रिटर्नीहरुले प्रतिनिधित्व गर्ने गरी अगाडि बढनु पर्ने बताए  ।

 

राजनीतिक नेतृत्व र आगामी परिवर्तनको संवाहकको रुपमा रिटर्नीहरु हस्तक्षेपकारी ढंगले अगाडि बढन अध्ययनशिल समेत हुनपर्नेमा जोड दिए  ।

 

फेडेरेसनका अध्यक्ष उत्तम अधिकारीले सम्मान एउटा सांकेतिक शुरुवात मात्र भएकोले आगामी दिनमा रिटर्नीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम देशभरि फैलाउने बताए  ।

 

६३ जिल्लामा फैलिएको संगठन सबै जिल्लामा फैलाएर देशव्यापी बनाउन स्थापना दिवसले प्रेरणा दिओस भन्ने शुभकामना दिए  ।

 

चौथो दिवसको दिनसम्म संगठन निर्माणमा साथ दिने सबैलाई धन्यवाद दिदै यो अधिवेशन वर्षमा पालिका देखि केन्द्रसम्म संगठन विस्तार पनि गर्ने र कार्यक्रम भएका ठाउँहरुमा समेत रिटर्नी उधमीहरुलाई  प्रोत्साहन समेत गर्ने गरि कार्यक्रम अगाडि बढाउने शिलशिला जारी रहने पनि जानकारी दिए  ।

 

फेडेरेसन कास्की जिल्ला कमिटीको आयोजनामा पुष्पलाल स्मृति पार्क पोखरामा सरसफाई गर्नुका साथी पार्टी कार्यलयमा केक काटेर स्थापना दिवस मनाइएको छ  ।

 

झापामा स्थापना दिवस मनाउदैं बुद्धशान्ति गाउँपालिकामा भास्कर गडतौलाको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । नवलपरासीमा धिरज खरेलको अध्यक्षतामा नया कार्यसमित चयन गरेको  ।

 

यसैगरि फेडेरेसनको स्थापना दिवसको अवसरमा देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरु गरिएको बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.